मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दरिद्रता अन्त्य नभए समृद्धि आउँदैन : गृहमन्त्री थापा

दरिद्रता अन्त्य नभए समृद्धि आउँदैन : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा दरिद्रताको अन्त्य नभएसम्म समृद्ध आउन नसक्ने जिकिर गरेका छन् । 
 
गृहमन्त्रालयद्वारा आयोजित ‘लागूऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी सचेतना एवं अन्तक्र्रिया’ कार्यक्रममा उनले दरिद्रताका कारण नेपाली जनता अहिले पनि दुःखी, पीडित बन्नुपरेको बताए । 
 
नेपालमा राजनीतिक समस्या समाधान भए पनि दरिद्रताको समस्या समाधान नभएकाले त्यसलाई सखाप पार्नुपर्ने उनको भनाइ थियो । 
 
गृहमन्त्री थापाले देशमा भएका भ्रष्टाचार, तस्करी, बलात्कार, गुण्डागर्दी, कालोबजारी र विखण्डनकारीलाई निस्तेज पार्न आवश्यक रहेको औँल्याए । 
 
अभियान सरकारले चलाउन सक्दैन तर जनता, संघसंस्था, राजनीतिक दलहरुको संयुक्त प्रयासबाट आन्दोलन सम्भव रहेको उनले बताए । 
 
केही समययता देशमा हत्याहिंसा र बलात्कारका घटना वृद्धि हुनुमा पुँजीवादको हात रहेको दाबी गरे । उनले सरकारले आफ्ना कमजोरीहरु सच्याउँदै, विभिन्न क्षेत्र, दल र वर्गसँग सहकार्य गरेर हत्याहिंसाविरुद्ध आन्दोलन गर्ने उल्लेख गरे ।