मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीहरुको सकृयतामा कोलोराडोमा दोश्रो लायन्स क्लब गठन

नेपालीहरुको सकृयतामा कोलोराडोमा दोश्रो लायन्स क्लब गठन


– नातिबाबु भट्ट
कोलोराडो (अमेरीका) I मातृभुमी नेपाल र कर्मभुमी कोलोराडोको सामुदायकि बिकास गर्ने उद्धेश्यले नेपालीहरुको सकृयतामा गठित अरोरा हिमालयज् लायन्स क्लबको चार्टर नाईट आईतबार भब्य समारोह बिच सम्पन्न भयो  ।
 
अरोरा स्थित टेमरिन रेष्टुरेन्टमा लायन्सका एमडी ६ का डिष्टीक गर्भनर रीक आर्गोटसिङ्गर  र अरोरा हिमालयज् लायन्स क्लबका अध्यक्ष कपील सुवेदीबाट संयूक्त रुपमा रिवन काटेर उद्धाटन गरिएको कार्यक्रममा लायन्सका बिभिन्न डिष्ट्रीक र क्लबका पदाधिकारीहरु, नेपाली संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।
 
 नेपाल र अमेरिकाको राष्ट्रिय गान पछि झण्डाको अभिवादन गर्दे कार्यक्रम आगाडी बढाईएको थियो । १३ महिला र १९ पुरुष सहित  ३२ जना सदस्य रहेको क्लव कपील सुबेदीको अध्यक्षतामा गठन गरिएको हो । क्लबका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सत्रुधन गौतम, द्धीतिय उपाध्यक्ष शुरेन्द्र अधिकारी, सचिव प्रेमअंकीत गेलाल, कोषाध्यक्षमा अर्जुन कार्की रहेका छन् । विश्वमा स्वाथ्य, शिक्षा, बताबरण र प्रकोपमा सहयोग गर्ने उद्धेश्यले जुन १९१७ स्थापना भएको लायन्स क्लबको, अहिले  १ सय ९० भन्दा बढी राष्ट्रमा ४६ हजार भन्दा बढी क्लबहरु गठन भइसकेका छन् । नेपालीहरुको सकृयतामा कोलोराडोमा गठन गरिएको यो दोश्रो क्लब हो । यस अघि २०१६ मा लङमन्ट हिमालयज लायन्स क्लबका गठन गरिएको थियो ।
 
कार्यक्रममा एमडी ६ का डिष्टीक गर्भनर रीक आर्गेटसिङ्गर , लायन्स ६ नर्थ ईष्टका पास्ट डिष्ट्रिक गर्भनर केन मोर, एमडी ६ ईन्भारमेन्टर चेयर प्रमोद श्रेष्ठ, ६ नर्थ ईष्टका चेयर जोशन श्रेष्ठ र संघ संस्थ्ाँको तर्फबाट नेपाली घरका अध्यक्ष लछुमन रानाले शुभकामना मन्तब्य दिएका थिए । समारोहमा  लायन्स जोशन श्रेष्ठ र लायन्स प्रमोद श्रेष्ठले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र तथा पीन बितरण गरेका थिए ।
 
सांझ ६ बजे देखी ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा परिक्रमा चौलागाई र ऐश्वर्या भुजेलले नेपाली गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । संस्थाका सचिव प्रेमअंकति गेलालले स्वागत भाषण गरेका थिए भने प्रथम उपाध्यक्ष सत्रुधन गौतमले कार्यक्रम संचालन गरेका थिए ।  कार्यक्रमको अन्यमा अध्यक्ष कपील सुवेदीले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिदै जन्मभुमी नेपाल र कर्मभुमी अमेरीकाको सामुदायीक बिकासमा सहयोग पु¥याउन क्लब स्थापना गरिएको बताएका थिए ।