मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रधानमन्त्री यसरी भड्किए जनसम्पर्क समितिसँग

प्रधानमन्त्री यसरी भड्किए जनसम्पर्क समितिसँग


हिमालयखबर संवाददाता
न्यूयोर्क (अमेरिका) – प्रवासमा नेपाली कांग्रेसको भातृ संस्थाका रुपमा परिचित ‘जनसम्पर्क समिति’ अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नपाएको गुनासो गरेको छ । जनसम्पर्क समिति अमेरिकाले प्रमं ओलीलाई ज्ञापन पत्र बुझाउन खोजेको तर त्यसलाई नबुझेर अहम र हठ देखाउँदै तानाशाही चरित्र देखाएको आरोप लगाएको छ ।
 
हिमालय खबरले यस बारेमा प्रधानमन्त्री निकट व्यक्तिहरु र जनसम्पर्कका पदाधिकारीहरुसँग बुझ्ने प्रयास गरेको छ । हिमालय खबरका स्रोतहरुका अनुसार प्रमं. ओलीले जनसम्पर्कका केही नेताहरुको कृयाकलापका कारण भेट गर्नै नचाहेको बुझिएको छ । 
 
प्रधानमन्त्री ओलीको उपस्थितीमा आयोजना हुने कार्यक्रममा सुरुमा जनसम्पर्क समिति समेत सहभागी हुने सहमति भएको थियो । तर पछि जनसम्पर्क समितिका नेताहरुले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रममा केन्द्रको निर्देशन अनुसार सहभागी हुन नसक्ने जानकारी दिए । जनसम्पर्क समितिकै केही जल्दाबल्दा नेताहरु तथा नेतृत्वका लागि कसरथ गरिरहेका व्यक्तिहरुनै संयुक्त राष्ट्रसंघ अघिल्तिर बसेर कालोझण्डा प्रदर्शनमा संलग्न भएको रिपोर्टिङ भएपछि प्रधानमन्त्री ओली नमज्जासँग भड्किएका हुन् ।
 
‘कांग्रेसको झण्डा बोकेर मलाई कालोझण्डा देखाइसकेपछि किन मैले ज्ञापन पत्र बुझ्नुप¥यो ?’ प्रमंले निकटहरुलाई भनेको स्रोतले जानकारी दियो । सुरुमा मुलुकको कार्यकारी अधिकार भएको जो सुकै आउँदा पनि मिलेर स्वागत गर्ने, कुराहरु राख्ने सहमति भएकोमा पछि जनसम्पर्क एकाएक पछि हटेको थियो । त्यतिमात्र नभएर जनसम्पर्कका नेताहरुनै कालोझण्डा देखाउन सकृय भएपछि प्रमं भड्किएर ज्ञापन पत्र बुझ्न नमानेका हुन् । 
 
‘म प्रायः प्रमसँगै थिएँ, जनसम्पर्कका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, भेट्ने प्रयास समेत भएको छैन,’ प्रवासी मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले भने । थापाले प्रश्न गरे–‘जनसम्पर्कका नेताहरुको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्री युएनको अघिल्तिर जानुपर्ने हो कि बसेको होटलबाट सडकमा झर्नुपर्ने हो ?’
 
थापाले यसो भनेपनि प्रधानमन्त्री ओलीले आफु निकटहरुबाट भएको रिपोर्टिङका आधारमा जनसम्पर्कका नेताहरुसँग भेट गर्न नचाहेको संकेत दिएका थिए । जसका कारण जनसम्पर्कका नेताहरुले आँट गरेर ज्ञापन पत्र बुझाउन आउन खोजेको भनेर खबर समेत प्रधानमन्त्रीलाई पु¥याउन सकेनन् । 
 
‘हामीबीच पनि निकै असहमति भएकै हो, प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन नसकेपनि युएन अघिल्तिर बसेर विरोध चाँहि नगरौं भनेर धारणा राख्दा निकै आपत्ति भयो,’ जनसम्पर्क समिति अमेरिकाका एक नेताले हिमालय खबरसँग भने । उनले नाम भने सार्वजनिक नगरिदिन पटक पटक आग्रह गरे । 
 
कांग्रेसको झण्डा बोकेर, कांग्रेसकै नेताहरु सहभागी भएर कालोझण्डा देखाएपनि नेपाल तरुण दल अमेरिकाको नाममा विरोध गरिएको थियो । 
 
विशेषगरि जनसम्पर्क समिति अमेरिकाको नेतृत्व लिनका लागि रस्साकस्सी गरिरहेका व्यक्तिले क्रान्तिकारी देखिनकै लागि कांग्रेसको झण्डा सहित लिएर युएन अघिल्तिर कालोझण्डा देखाएका थिए । तर उच्च सरकारी सुरक्षामा रहेका प्रधानमन्त्री ओलीले उनीहरुले देखाएको कालोझण्डा र विरोधलाई देख्ने मौकानै आपूmले नपाएको कुरा हालै इ–नेप्लिजका लागि सच्ची मैनालीलाई दिएको अन्तरवार्तामा बताएका छन् ।
 
शुक्रबार दिनभरि जसो प्रधानमन्त्री ओलीले आपूm बसेको होटलमा अनुकुल नहुने भएकोले कन्सुलेट अफिसमा बसेर दिनभरि नेपाली समुदायका नेताहरुसँग अन्तरकृया गरेका थिए । त्यस क्रममा जनसम्पर्कका कोही पनि नेताहरु त्यहाँ नदेखिएको बताइएको छ ।
 
‘प्रधानमन्त्री यहाँ जनसम्पर्कको ज्ञापत्र पत्र बुझ्न आउनु भएको कि अन्तर्राष्ट्रिय जगतमा नेपालको अवस्था दर्शाउने, विकासका लागि सहयोग माग्न आउनुभएको ?’ प्रधानमन्त्री निकट स्रोतले भन्यो–‘सहमतिबाट समाधान गर्न सकिने कुरामा कांग्रेसको झण्डा देखाएर सात समुद्रवारि आएर पनि विरोध गर्ने ? अनि तिनीहरुका ज्ञापन पत्र बुझिदिएर तीनलाई नेता स्विकार्नु पर्ने प्रधानमन्त्रीले ? यस्तो हुँदै हुँदैन ।’
 
प्रमं ओलीले आपूm एउटा दलको नेता भएपनि विदेशमा आउँदा सबै नेपालीको प्रधानमन्त्री भएकोले त्यसै अनुसार सबै मिलेर कार्यक्रम राखेमा मात्र सहभागी हुने इच्छा न्यूयोर्क झरेको दिनदेखि राखेका थिए । सरकार निकट प्रवासी मञ्चले एक्लै कार्यक्रम राख्न खोज्दा समेत प्रमं ओलीले अस्विकार गरेका थिए । 
 
त्यसो हुँदा सबै मिलेर संयुक्त कार्यक्रम गर्ने सहमति भयो । एनआरएन अमेरिकाको आयोजनामा जनसम्पर्क, प्रवासी मञ्च, न्यूयोर्कका स्थानीय संघसंस्थाको पहलमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो । तर जनसम्पर्क समिति एकाएक ‘केन्द्रबाट सहभागी नहुनु भन्ने निर्देशन आयो’ भनेर हट्यो । त्यतिमात्र होइन कार्यक्रममै विरोध प्रदर्शन गर्ने तयारीमा जनसम्पर्कका केही नेताहरु लागे । जसले गर्दा कार्यक्रम हुन सकेन ।
 
कार्यक्रम गर्न अवरोध गर्ने, विरोध गर्ने, युएनमा कालोझण्डा देखाउने र ज्ञापन पत्र बुझाउन खोज्ने भएपछि प्रमं ओलीले जनसम्पर्कका नेता हुँ भन्ने जति जो कोहीलाई पनि भेट्न नचाहेको स्रोतको भनाई छ । विदेशमा बसेर आपसी एकता भन्दा खुट्टा तानातान गरेको थाहा पाएपछि प्रमं ओली असाध्यै रुष्ट भएको बताइएको छ । 
 
जनसम्पर्क समितिले न्यूयोर्कमा प्रमंले ज्ञापन पत्र बुझन नमानेको जनाएपनि टेक्ससबाट दूतावासमा पठाइएको ज्ञापन पत्र भने बुझेका छन् । जनसम्पर्क समिति वेस्ट टेक्ससले शनिबार निर्मला पन्तको हत्याको प्रभावकारी अनुसन्धान माग गर्दै प्रमंलाई फ्याक्स मार्फत पठाएको ज्ञापन पत्र बुझ्न प्रमंले स्विकार गर्र्दै लिएका थिए । 
 
जनसम्पर्कका नेताहरुले प्रमंले ज्ञापन पत्र बुझ्न नमानेको उल्लेख गर्दै दिन तयार पारिएको पत्रलाई सञ्चार माध्यममा पठाएका छन् ।