मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यू मेक्सिकोमा गोर्खाली फुटबल लिग सम्पन्न

न्यू मेक्सिकोमा गोर्खाली फुटबल लिग सम्पन्न


न्यूमेक्सिको (अमेरिका) – नेपाल विद्यार्थी संघ अमेरिकाको आयोजनामा भएको गोर्खाली फूटबल लिगको समापन भएको छ । 
 
अमेरिकाको न्यूमेक्सिको राज्यस्थित युनिभर्सिटी अफ न्यू मेक्सिकोको जोन्सन फिल्डमा सेप्टेम्बर १ देखि सुरू भएको उक्त फूटबल लिग शनिबार सम्पन्न भएको हो । समापन खेल (फाइनल) को अवसरमा बिजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो । 
 
नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेका अनुसार सगरमाथा तथा अन्नपूर्ण टिमबीच भएको फाइलन खेलमा अन्त्यन्तै कडा प्रतिस्पर्धाका बीच सगरमाथा विजयी भयो । अन्नपूर्णसँग १-० को गोल अन्तर कायम गर्दै लिगको सगरमाथा टिम विजेता बनेको थियो । 
 
फाइनल खेल समापन भए लगत्तै खेलाडीहरूको मनोबल बढाउन तथा प्रतिस्पर्धी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो।  नेपाल विद्यार्थी संघ अमेरिका, न्यू मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले प्रमुख आतिथ्यमा भएको थियो ।
 
त्यस अवसरमा युनिभर्सिटी अफ न्यू मेक्सिकोका प्रोफेसर डा. राइली ह्वाइटले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ न्यु मेक्सिको च्याप्टरका अध्यक्ष  पाण्डेले यस्ता कार्यक्रमले नेपाल भन्दा बाहिर रहेका विद्यार्थीमा आपसी सहयोग, मेलमिलाप र भातृत्व कायम गर्न सहयोग पुर्याउने विचार व्यक्त गरे । 
 
नेपाल विद्यार्थी संघले निकट भविष्यमै क्रिकेट र अन्य खेलहरूको पनि आयोजना गर्ने तयारी गरिरहेको जानकारी समेत उनले दिएका थिए । यसैगरी प्रमुख अतिथि डा. पौडेलले आगामी दिनहरूमा खेलकुदका गतिबिधीहरूलाई अझै बृहतरुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
 
कार्यक्रमका बिशेष अतिथि डा. ह्वाइटले नेपाली खेलाडीहरूको खेल कौशललाई प्रशंसा गर्दै नेपाली विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपलाई अझै संगठित ढङ्गबाट बिकास गर्दै जानुपर्ने र त्यस कार्यमा आफूले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।  
प्रतियोगी चारवटा टिमको सहभागिता थियो । नेपाली विद्यार्थी विराज रावलले कार्यक्रमको सञ्चालन गरेका थिए ।