मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूँजीवादले हैन दण्डहीनताले अपराध बढ्छ -मन्त्री ज्ञवाली

पूँजीवादले हैन दण्डहीनताले अपराध बढ्छ -मन्त्री ज्ञवाली


हिमालयखबर संबाददाता-
ह्युस्टन (टेक्सस) । नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपालीहरुले देशको विकासमा साझेदारको भूमिका निभाउनु पर्ने बताएका छन् । 
 
अाइतबार ह्युस्टनमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उत्तर अमेरिकामा रहेका विशेषज्ञहरुको ज्ञान र शीपलाई नेपालको हितमा प्रयोग गर्न  कसरी सकिन्छ भनेर अध्ययन भैरहेको कुरा जानकारी दिए । 
 
टेक्ससका नेपालीहरुले आफ्नो मिहिनेत र परिश्रमबाट विभिन्न पेशा, व्यवसायमा गरेको प्रगति देखेर आफुलाई धेरै खुशी लागेको बताउँदै मन्त्री ज्ञवालीले त्यो प्रगतिलाई नेपालको हितमा साझेदार बन्न आह्वान पनि गरे ।  नेपालमा अब निषेधको राजनीति हैन सबैको प्रयास आर्थिक विकासतिर केन्द्रित हुनुपर्ने उनको भनाई थियो । 
 
एउटा प्रश्नको उत्तरमा ज्ञवालीले बलत्कार लगयतका अपराध दण्डहीनताको कारण बढ्ने स्वीकार गर्दै मिडियाले राम्रा कुराहरुलाई प्रोत्साहित नगरि सनसनि फैल्याउने कुरालाई प्राथमिकता दिएको आरोप लगाए । 
 
नेप्लिज एशोसियसन अफ ह्युस्टन, गुल्मी समाज, एनआरएन-टेक्सास, नेप्लिज हेरिटेज युनियन र क्रिएटिभ नेपाली सोसाईटीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा यहाँका नेपालीहरुको उत्साहजनक उपस्थिति थियो । 
 
गुल्मी समाजका अध्यक्ष भीष्म मरासिनीको सभापतित्वमा आयोजित सो कार्यक्रममा एनएएचका सचिव विष्णु नेपाल, एनएचयुका अध्यक्ष डा.चण्डी भण्डारी र सीएनएसका अध्यक्ष गंगा शर्माले मन्त्री ज्ञवालीसंग आआफ्नो जिज्ञासा र सुझाव राखेका थिए । अन्तरक्रियामा धेरै सहभागीले प्रश्नहरु राखे, मन्त्रीले सहजरुपले ती प्रश्नहरुको जवाफ पनि दिए । 
 
कार्यक्रममा एनआरएन टेक्सासका उपाध्यक्ष द्रोण गौतमले स्वागत गर्दै नेपालीहरुको बाक्लो जनसंख्या भएको टेक्सासमा कन्सुलेट अफिसको आवश्यकता रहेको कुरामा  परराष्ट्र् मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
 
फोटो सौजन्य : सुजन पण्डित