मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्तर्राष्ट्रिय साहित्य समाजको पदस्थापना सम्पन्न

अन्तर्राष्ट्रिय साहित्य समाजको पदस्थापना सम्पन्न


हिमालयखबर संबाददाता-
ड्यालस (टेक्सस) । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) को गत अगष्टमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना समारोह आइतबार ड्यालसमा सम्पन्न भएको छ ।
 
अनेसासको पदभार हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष राधेश्याम लेकाली नेपाल र उपाध्यक्ष भीमसेन सापकोटा लगायतका पदाधिकारीहरु अष्ट्रेलियाबाट आएका थिए । 
 
आइतबार दिउँसो ११ बजेदेखि नेपाली समाज टेक्ससको सभाहलमा सुरु भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक भीम कार्कीले निर्वाचितहरुलाई शपथ ग्रहण गराएका थिए । संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा भएको पद हस्तान्तरण समारोहको सञ्चालन संस्थाका निवर्तमान महासचिव गोवर्धन पूजाले गरेका थिए । त्यस अवसरमा उनले विगत दुई वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
अनेसासं अमेरिकामा दर्ता भएको संस्था हो । संसारका धेरै देशमा यसका शाखाहरु छन् । गत चुनावमा एकहजार एकसय ७८ सदस्य रहेकोमा ९ सय २९ जनाले मताधिकार प्रयोग गरेका थिए । 
 
निकै बाक्लो जमघटबीच आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले रचना समेत पाठ गरेका थिए । 
 
कार्यक्रम मोहन सिटौला, अनेसासं बोर्ड अफ ट्रस्टीका डा. श्याम कार्की, एनआरएन अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी, नेपाली समाज टेक्ससका पुर्ब अध्यक्ष डा. प्रेम अधिकारी, अनेसासका उपाध्यक्ष भीमसेन सापकोटा, महासचिव गणेश घिमिरे, सदस्य सानु घिमिरे, खगेन्द्रप्रसाद लुईटेल, लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
त्यस अवसरमा नवनिर्वाचित अध्इक्ष लेकालीले आफूलाई निर्वाचित गरेर विश्वास गर्ने विश्वभरिका नेपालीभाषा साहित्यलाई मायाँ गर्ने नेपाली प्रति धन्यवाद व्यक्त गर्दै दुई वर्षे कार्यकालमा नेपाली भाषा साहित्यलाई योगदान गर्न तत्पर रहेको प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा अनेसासं ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने पुर्ब अध्यक्ष बासु शर्माले सञ्चालन गरेका थिए ।