मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा मनाइयो इन्द्रजात्रा

ड्यालसमा मनाइयो इन्द्रजात्रा


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) । विगत चारवर्षदेखि ड्यालसको नेपाली समुदायले मनाउँदै अएको इन्द्रजात्रा पर्व यस पटक पनि निकै महत्वका साथ मनाइएको छ ।
 
युलेसको बियरक्रिक पार्कमा अाइतबार बिहान ११ बजेदेखि सुरू भएको इन्द्रजात्रा कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो । विशेषगरि काठमाडाँका नेवारी समुदायले वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गर्ने प्रचलनलाइ अमेरिकामा रहेका नेवार समुदायले अफ्नो महत्वपूर्ण संस्कृतिका रूपमा मनाउदै अएका छन् ।
 
युनाइटेड नेवा अर्गनाइजेसनको अयोजनामा ड्यालस फोर्टवर्थका नेवारी समुदायले विगत चार वर्षदेखि इन्द्रजात्रा मनाउँदै अएका हुन् । गत दुइवर्षदेखि युलेसको बियरक्रिक पार्कमा यो पर्ब मनाइदै अाएको छ । 
 
नेवारी संस्कृतिको महत्वपूर्ण पर्व भएपनि यहाँ मनाइदै अाएको इन्द्रजात्रामा अन्य समुदायका व्यक्तिहरूको निकैनै सकृय उपस्थिति रहँदै अएको छ । 
 
अइतबारको इन्द्रजात्रा कार्यक्रममा परम्परागत लाखेनाचका अतिरिक्त नेवारी भोजको महत्वपूर्ण अंश समयबजीको समेत व्यबस्था गरिएको थियो । त्यस अवसरमा नेवारी पोशाकमा सजिएका युवतीहरूले र्याम्पमा क्याटवाक सहितको प्रस्तुति प्रदर्शन गरेका थिए । 
 
ड्यालसको नेपाली समुदायका सकृय मकर बज्राचार्यका अनुसार परम्परागत संस्कृतिका बारेमा बालबालिकाहरूलाइ जानकारी दिने र समुदायको एकताका लागि यस्ता चाडपर्वहरू महत्वपूर्ण हुँदै अाएको छ । फोटो साभार: राम्रो फोटो