मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा दशैं–तिहार ‘शुभकामना साँझ’ आयोजना हुने

कोलोराडोमा दशैं–तिहार ‘शुभकामना साँझ’ आयोजना हुने


नातिबाबु भट्ट
कोलोराडो (अमेरीका)- नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले एक सास्कृतीक कार्यक्रम 'शुभकामना साँझ ' आयोजना गरी शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
 
रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा आगामी अक्टोवर १३ तारीक शनीबारका दिन “शुभकामना सा“झ” सा“स्कृतीक कार्यक्रम हुनलागेको हो ।
 
कोलोराडो स्थित नर्थग्लेन सिटीमा सम्पन्न हुनलागेको शुभकामना सा“झ कार्यक्रममा दिपेशकीशोर भट्टराई, संझना पाण्डे, ईसा कार्की लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका महासचिव टिका पौडेलले बताएका छन् । प्रवेश शुल्क १५ डलर राखिएको उक्त कार्यक्रममा डीनरको समेत व्यबस्था गरिएको बताईएको छ ।
 
कोलोराडो निवासी नेपाली तथा नेपाल र नेपाली प्रती सद्भाव राख्ने सबैलाई एक आपसमा भेट भई शुभकामना आदान प्रदान गर्ने उपयूक्त स्थान भएकोले यस कार्यक्रमा सहभागी भै नेपालीको संस्कृती पहिचाहन तथा संरक्षणमा सहयोग पु¥याउनुहुन आयोजक संस्थाका पदाधिकारीहरुले संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी तथा सर्बसाधारण सबैलाई अनुरोध गरेका छन् । कोलोराडोको सबैभन्दा पुरानो संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेक बर्ष दशै तिहार कार्यक्रम गर्दै आएको छ ।