मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साहित्यकारद्वय नवराज र मीनालाई सम्मान

साहित्यकारद्वय नवराज र मीनालाई सम्मान


नातिबाबु  भट्ट
कोलोराडो (अमेरिका)- चर्चित हाँस्य व्यङ्ग्यकवी नवराज कार्कि र धर्म संस्कृतीका अभियान्ता तथा  महिला साहित्यकार मीना सुवेदी भण्डारीलाई कोलोराडोमा भब्य सम्मान गरिएको छ ।
 
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, कोलोराडोका लागी नेपालका अवैतनिक पर्यटन दुत साबु गदाल, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार द्धयलाई सम्मान गरिएको हो ।
 
 साहित्यकार द्धयलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल, कार्यक्रमका सभापती तथा साहित्यकार रत्नकाजी तुलाधर, कवयत्री यसोदा भट्ट र सरीता ढुङ्गेल लगायतका महानुभावहरुले फुलको माला, खादा लगाई दिई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व द्धयले नेपाली भाषा साहित्य संगीतको क्षेत्रमा पु¥याएका योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले प्रकाश पारेका थिए । 
 
सोही समारोहमा कवयत्री मीना सुवेदी भण्डारीको कवीता संग्रह आस्थाको चौतारी नामक पुस्तक कार्यक्रमका प्रमुख अतिथी नवराज कार्की, सभापती रत्नकाजी तुलाधर, आयोजक संस्थाका सभापती कृष्णमुरारी ढुङ्गेल र बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालले संयुक्त रुपमा बिमोचन गरेका थिए । उनको यस लगायत झण्डै एक दर्जन कृतीहरु सार्वजनिक भई सकेका छन् । आयोजक संस्थाका सदस्य यसोदा भट्टले उपस्थित सबैलाई स्वागत गरेकी थिईन् भने, अध्यक्ष ढुङ्गेलले कार्यक्रम संचालन गरेका थिए । 
 
 कार्यक्रमको दोश्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ-आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । कार्यक्रममा सम्मानित द्धयले आफुहरुलाई सम्मान गर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै आÏना रचनाहरु प्रस्तुत गरेका थिए । नवराज कार्कीले जिवन भोगाईका क्रममा घटेका बिभिन्न घटनालाई ब्या“ङ्ग कवीता मार्फत प्रस्तुत गरि झण्डै एक घण्टा सहभागीहरुलाई ह“साएका थिए । त्यस्तै मीनाले बिमोचित पुस्तकको कवीता बाचन गरेकी थिईन । यसैगरी अन्य कवीता बाचन गर्नेहरुमा बासु खनाल, कुमारजंग कार्की, यसोदा भट्ट, हरि अधिकारी, मणी बस्नेत, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, साबु गदाल, समिर आचार्य, बलराम पराजुली लगायतका रहेका थिए । गायीका उषाकिरण अधिकारीले सुमधुर गीत गाएकी थिईन ।