मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

होलीभिजन स्कुलका ४५ जना स्काउट दीक्षित

होलीभिजन स्कुलका ४५ जना स्काउट दीक्षित


भरतपुर । होलीभिजन पब्लिक स्कुल, चितवनका ४५ जना स्काउटहरुलाई शनिबार एक समारोहबीच दीक्षित गरिएको छ । 
 
होलीभिजन स्काउट ट्रुपका अध्यक्ष मीनराज बस्ताकोटीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि एवम् नेपाल स्काउट चितवनका आयुक्त तीर्थराज न्यौपानेले उनीहरुलाई दीक्षित गरेका हुन् । 
 
कार्यक्रममा जिल्ला आयुक्त न्यौपानेले स्काउटको महत्व र क्रियाकलापमाथि प्रकाश पार्दै स्काउटले बालबालिका र युवाहरुलाई आत्मनिर्भर, आत्मसक्षम, नैतिकवान, चरित्रवान र अनुशासित बनाइ समाज र राष्ट्रको समुन्नत विकासमा योगदान दिनसक्ने सबल नागरिक तयार पार्ने उद्देश्यले नेपाल स्काउट अगाडि बढिरहेको स्पष्ट पारे । 
 
दीक्षान्त समारोहमा भरतपुर महानगरका प्याब्सन अध्यक्ष लेखनाथ खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगनाथ गैरे, स्काउटर शिवप्रसाद बराल, शिक्षक अभिभावक संघ होलीभिजनका अध्यक्ष प्रेमकुमार गैरे, विद्यालय निरीक्षक तथा रोभर लिडर नारायणप्रसाद सापकोटालगायतले स्काउटको उद्देश्य हासिल गर्न दीक्षित विद्यार्थीहरुलाई शुभकामना दिए । 
 
चितवन स्काउटले विभिन्न समयमा आपत्कालीन उद्धार तथा राहत प्रदान गर्दै आएको छ ।