मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रमंलाइ न्यूयोर्कमा विरोध

प्रमंलाइ न्यूयोर्कमा विरोध


न्यूयोर्क (अमेरिका) – संयुक्त राष्ट्रसंघको महासभामा संबोधन गर्न अएका प्रधानमन्त्री केपी शर्मा अोलीलाइ विहीबार नेपाली कांग्रेस निकटहरूले कालोझण्डा देखाएका छन् । तरूण दल अमेरिकाको नाममा गरिएको प्रदर्शनमा जनसम्पर्क समिति अमेरिकाका नेताहरूको सहभागिता थियो । 
 
ओली सरकार तानाशाही भएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । कालो टिसर्ट लगाएका उनीहरूले बलत्कार, हत्या हिंशामा संलग्नलाई कारवाही गर, निर्मला पन्तलाई न्याय दिलाउ, प्रजातान्त्रिक सरकार चाहियो जस्ता नारा लेखेका ब्यानर बोकेका थिए । 
 
अमेरिकामा आउने नेपालका नेताहरूलाइ विरोध गरेर गलत संस्कार नबसाल्न धेरैले अनुरोध गरेपनि उनीहरूले विरोध गरेका थिए । जनसम्पर्क समिति अमेरिकाले संस्थागत रूपमा अमेरिकामा प्रमंको विरोध नगरेपनि केही नेताहरूको सहभागिताले आउँदो अधिवेशनमा अध्यक्ष हुने तयारीका रूपमा धेरैले बुझेका छन् । 
 
नेपालबाट आउने अतिथिलाइ विरोध गरेर गलत संस्कार बसेकोमा धेरैले चिन्ता व्यक्त पनि गरेका छन् ।