मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन प्रहरीको हिंसा र अपराधविरुद्ध कडा अभियान सुरु

चितवन प्रहरीको हिंसा र अपराधविरुद्ध कडा अभियान सुरु


भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबारदेखि ‘महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान’ सुरु गरेको छ । 
 
शुक्रबार भरतपुर महानगरको सभाकक्षमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले अभियानबारे जानकारी गराउँदै महिला हिंसाविरुद्ध प्रहरीले शून्य सहनशीलतामा रहेर काम गर्दै जाने बताए । 
 
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महिला तथा बालबालिकाविरुद्ध कुनै पनि आपराधिक घटनाहरु हुन÷गर्न नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए । प्रजिअ बस्नेतले कुनै अपराध भइहाले घटनालाई तत्काल रेस्पोन्स गरी चुस्त अनुसन्धान गर्नुपर्नेमा जोड दिए । 
 
चितवन प्रहरीले सुरु गरेको ‘महिला तथा बालवालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियानको पूर्ण सफलताको कामना गर्दै आवश्यकताअनुसार समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर महानगरले प्रहरी अभियानका लागि संयोजन गरी सबै वडाध्यक्षहरुले चितवन प्रहरीबाट सुरु गरिएको सचेतना अभियानमा आवश्यक सहयोग गर्दै आआफ्नो क्षेत्रमा कार्यक्रमको संयोजन गर्न आग्रह गरिन् । 
 
कार्यक्रममा महिला सञ्जालको तर्फबाट मीना खरेल, प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, अविभावक संघ चितवनका अध्यक्ष टेकबहादुर थापालगायतले चितवन प्रहरीले सुरु गरेको अभियानको निरन्तरताको कामना गरे । 
 
भरतपुर महानगरकी मेयर रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन सुरक्षा निकायका प्रमुखहरु, भरतपुर महानगरका २९ वटै वडाका वडाध्यक्ष, चितवनमा सक्रिय महिला अधिकारकर्मीहरु एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो ।