मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आमासँग मनका कुरा

आमासँग मनका कुरा


बालबालिकाहरुको मनमा साँच्चिकै देवत्व हुन्छ भन्दा कसैलाई अनौठो पनि लाग्न सक्छ । बास्तवमा यी कलिला नानीहरुको मनसंग रमाउने हो र उनीहरुका भावना बुझ्ने हो भने देवत्व देख्न सक्नु हुन्छ । अझै पाँच वर्ष मुनिका नानीहरुका आँखामा त यो स्पष्ट नै देख्न सकिन्छ । यी मायाका खानी हाम्रा नानीहरुलाई केही चाहिदैन । यिनीहरु मायाका भोगी हुन्छन । यो बुझ्न यिनीहरुसंग घुलमिल हुने सौभाग्य पाउनु पर्छ । 
 
प्रवासमा फुर्सद त कसलाई हुन्छ तर पनि बचेको समयमलाई उपयोग गर्न कहिले कही मेरो मन पनि यी नानीहरुसँग मिसिन जान्छ । यो वर्ष पनि नेपाली समाज टेक्सासले यो मौका जुराई दिएको छ । हुन त कसैको स्वभाव वालवालिकासँग रमाउनुको सट्टा रिसाउने र झर्कने हुन्छ । जो मैले कैयो मेरा साथीसँग अनुभव गरि सकेको पनि छु । स्वभावतः यो अविधका नानीहरु अलिक चकचक गर्ने र एकै ठाउँमा लामो समय सम्म एकै किसिमका क्रियाकलापमा रमाउन नसक्ने चञ्चले स्वभावका हुन्छन । यिनीहरुका यिनै बिशिष्ट बिशेषतालाई मनोबैज्ञानीक “पियाजेले” उमेरगत बिकासको ढँचामा बिभाजन गरी ज्ञानको निर्माण गर्ने सुनौलो अवस्था भन्दै वातावरण, भाषा लगायतका पक्षको असरका बारेमा सन १९३४ तिर नै पत्ता लगाएका थिए ।
 
यिनै उमेर समुहका नेपाली मूलका वालवालिकाहरुलाई गत बिगत झै यस वर्ष पनि नेपाली समाज टेक्ससले तीन महिने नेपाली भाषा-साहित्य, नेपाली नैतीक ज्ञान दर्शन र कक्षागत गणितका बिषयबस्तु राखेर कक्षा संचालन गरिरहेको छ । जसलाइ नेपालीहरु पाठशाला भन्ने गरेका छन । म पनि त्यसै समूहमा साटिन पुगेको छु ।
 
नेपाली समाजका अध्यक्ष सुमन थापा र महासचिव भक्त भण्डरीसँग एक दिन टुप्लुक्क मन्दिरमा भेट भयो । नेपाली समाजका अध्यक्ष सुमन त्यति धेरै बोल्दैनन तर काम गर्छन है भन्ने सुनेको थिए । त्यो दिनको भेटमा हल्का परिचयसँगै मैले तयार गरेको नेपाली “नैतिक ज्ञान दर्शन” नामको पुस्तकको छोटो जानकारी गरी नेपाली पाठशालामा यसको उपयोग बारे बताए । केही समय पछि उनको समूहले यो पुस्तक पनि पढाउने भएछ । जसको लागि म स्वयमसेवकको रुपमा पुनः नानीहरुसँग जोडिन पुगेको छु ।
 
सेप्टटेम्बर २३ तारीक आइतवारको दिन थियो । बिधालय संचालनको पहिलो दिन ।  टेक्सासमा नेपालीहरुको बाक्लो बस्ती भएता पनि लगभग ३० जनाको हाराहारीमा बिधार्थीहरुको पहिलो दिनमा उपस्थिती देखिन्थ्यो । बिहान बाह्र बजेको पशुपतीनाथ मंदिरमा भगवान शिवको आरतीको समापन सँगै कक्षा सुरु भयो । मेरा मित्र धनन्जय ढकाल लगायतका बिधार्थीका अविभावक समूहका मित्रहरु ब्यस्थापनमा व्यस्त थिए । उता तिर हाइस्कुल पढिरहेका बिधार्थीलाई स्वयमसेवक बनाएर कक्षा तयारीका लागि मित्र मुरली अधिकारीले गणितको पढाइको तयारी गराइ रहनु भएको थियो । पहिलो दिन भएर होला हामी सबै अलमल र ब्यवस्थापन मै ब्यस्त थियौ ।
 
शिक्षक-स्वयमसेवकहरु र बिधार्थी-स्वयमसेवकहरू कक्षाको पहिलो दिन भएकोले झनै बढी नै ब्यस्त थिए । बेलाबेलामा नेपाली समाजका महा-सचिव भक्त भण्डरी फोटो र लाईभ भिडियोहरु खिच्ने काममा ब्यस्त  देखिन्थे । उनले लुकाएर राम्रो मात्र देखाउन जानेका छैनन भन्ने कुरा उनको प्रत्यक्ष प्रशारणले देखाई रहेको थियो । प्रायः अरु नेपालीहरुले नराम्रो लुकाएर राम्रो देखाई बिज्ञापन मैले पहिले देखेको छु । तर यहाँ उनले सबै खालका क्रियाकलापहरु सबैलाई पारदर्शी रुपमा आन्द्रा भूडी नै देखाई दिने गरि छरपस्ट देखाउने गरी प्रत्यक्ष प्रसारण र ब्वस्थापनको जिम्मा लिएका छन । जसले संस्थाको बिकासमा सकरात्मक प्रभावको रुपमा देखिन्छ ।
 
अरु बिधालय जस्तो घण्टी लगाउने चलन यो स्कुलमा छैन । आफुलाइ तोकिएको समयमा घडी हेरेर कक्षा बन्द गर्नु पर्ने हुन्छ । गणित बिषयको पढाई सकिएको जनाउको समय घडीले दिई सकेको थियो । मैले बालबालिकाहरुलाई नेपाली नैतिक ज्ञान दर्शनको कक्षा तिर जान निर्देशन दिए । तर मेरो तयारी बमोजिमको लिखित पाठ-योजना अनुसार पहिलो दिनको पढाई हुन नसक्ने मैले जनाउ पाइ सकेको थिए । बालबालिकाहरुले थाकेको महसुस गरिसकेको थिए । समय तल माथी भएकोले मैलै पनि आफ्नो योजनामा फेरबदल गरे ।
 
मेरो निर्दैशन हुनासाथ सबै स्वयमसेवक साथीहरुले बालबालिकालाई तोकिएको कक्षा तिर पठाउन सहयोग गर्नुभयो । केही समय बालबालिकाहरुले हल्ला खल्ला गर्न थाले । यो स्वभाबिक नै हो । एक त यो स्कूलमा बिभिन्न उमेर समुहका बिधार्थीहरु एउटै कक्षामा पढ्ने गर्छन भने अर्को तर्फ उनीहरु थकित र भोकाई सकेका थिए । यहाँ नेपालमा जस्तो शाररिक, मानसीक डर त्रासको लक्षण देखाउँदा बालबालिकाहरुमा नकरात्मक प्रभाव पर्ने हुनाले कक्षा संचालन चनाखोपूर्ण रुपमा गर्नु पर्छ भन्ने मेरो विगतको अनुभवले सिकाएकोले मैले यसलाई सहजै लिएर ब्यवस्थापन गरे ।
 
एक छिन पछि केही साना-साना रमाइला क्रियाकलापबाट कक्षा सुरु गरियो । अधिकांश बालबालिकाहरु क्रमसः रमाउन थाले । यसै बिचमा हामीले केही रमाईलो गरयौ । तर गर्न पर्ने धेरै थिए । केही सम्भव भए केही भएनन । जे होस कक्षामा बालबालिकाहरु रमाउन र एकआपसमा खुल्न थाले ।
 
अध्यापनको क्रममा बालबालिकाहरुसंग परिचयात्मक कार्यक्रम सुरु भयो । सवैले आ-आफ्नो नाम अंग्रेजी लवजमा नेपाली स्वर-ब्यन्जन वर्णका अक्षर केलाएर भन्न थाले । कसैले राम्ररी नै भने तर धेरैले कनीकुथी गरेर नाम बताउदै बताएर परिचय दिए । यसबाट यी नानीहरुको भाषागत पिडा छरपष्ट हेर्न सकिन्थ्यो । भन्नलाई सजिलो छ । तर यिनीहरुका आफ्नै ब्यथाहरु छन । जो केही अविभावकले बुझेका छैनन । उनीहरुको नेपाली सिक्ने चाहना छ तर बिधालयमा होस वा साथीहरुसंग खेल्दा होस वा टेलीभिजनमा होस वा अन्य ठाउँमा अंग्रेजी नै बोल्नु पर्ने र सुन्नु पर्ने बाध्यताले बहु भाषाको मारमा परेका छन । जसलाई सहज मानिदैन ।
 
परिचयको कार्यक्रम सकिए पछि मेरो दोस्रो छलफलको बिषय थियो- नेपाली बिधालयमा पढ्न आउनाको कारण ? यसको जवाफमा धेरैले नेपाली सिक्न आएको भन्ने कुरा नेपालीसंग अंग्रेजी मिस्याउदै गोराहरुले नेपाली बोलेको पारामा दिए । यसै बिचमा करिव चार वर्षकी एक जना सानी नानीले हात उठाईन । उनले अनुशासन पूर्वक “आमाको माया” लागेर पढ्न आएको जवाफ दिईन । त्यहाँ भएका शिक्षक र अविभावकमा उनको अनुशासित बोलाईको प्रबाव परेको स्पष्ट देखिन्थ्यो । जसलाई सबैको हँसिलो चेहराले बताइ रहेका थिए । छेउ मै उनका वुवा मुसुमुसु हाँसिरहेका थिए । यिनको बोलाइ र अनुशासनमा परिवारको पुरै अनुहार देखिन्थ्यो । परिवारले कति समय दिएको छ भन्ने त्यही देखिन्थ्यो । मरो मनले उनको घरले उनका लागी दिएको समय र सहयोगका लागी तारिफ सहित सलाम गरे । 
 
यो मेरा लागि धेरै महत्वको बिषय बन्न गयो । यसको प्रसंग एउटा सानो घट्नासँग जोडिएको छ । दुई वर्ष अगाडी मेरा एक जना हितैषी मित्रका बुवा-आमा नेपालबाट अमेरिका छोरा-बूहारी र नाती भेट्न आउनु भएको थियो । उहाँहरु छ महिनाको भिसा लिएर आउनु भएकोमा दुई महिना मै नेपाल फर्कनु भयो । वहाँहरुको फर्कने निस्चित भए पछि फर्कनु भन्दा अघिल्लो दिन म भेट्न घरमा पुगेको थिए । बा-आमाले बस्ने त मन थियो तर यहाँ को भनेर बस्नु भन्नु भयो । म अक न बक्क भए । कारणहरु खोज्दै जाँदा जसको माया लागेर बा-आमा अमेरिका आउनु भएको थियो त्यो नातीले टेर पुच्छर नलागए पछि फर्कने निर्णय गरेको बताउनु भयो ।
 
करिव चार बर्ष पुगेको नातीलाई हजुरबा र हजुरआमाहरुले सुमसुम्याउने, खाना आफ्नै हातले खुवाउने, काखमा राखेर खेलाउने आदी इत्यादी किसिमको नेपालीपनको माया मिस्याउन चाहनुहुन्थ्यो । तर नाती उहाँहरुको छेउ मै आउन नचाहने । नातीलाई हजुरबा र हजुरआमा भन्दा टेलिभिजन, गेम, फोन भए पुग्दो रहेछ । एक दिन नातीलाई समाउन खोज्दा नाती रोयो र बुहारीले समेत नराम्रो जवाफ दिएको कुरा समेत सुनाउनु भयो । जसको कारणले ती बृध्द बा-आमाले समय छोट्याएर नेपाल फर्केको भन्ने मेरो आँखाले देखेको  घटना र यी सानी नानीको अगाढ माया तुलना गर्न मिल्दैन । तर पनि मेलै यी दुबै घट्ना मेरो मनबाट हेरे ।
 
यी सानी नानीले मेरो देखेको पहिलेको घट्नालाई बा-आमाको कमजोरीको रुपमा स्वीकार गर्न बाध्य गरायो । मनुमृतीले भनेझै पाँच वर्ष मुनीका नानीलाई माया चाहिन्छ । १५ वर्ष मूनी अनुशासान र त्यस पछि साथी बन्नु पर्छ भन्ने ज्ञानमा अविभावक चुकेको पाए । सानो उमेरका नानीमा भएको देवत्व नबुझेको पाए । तर यी सानीनानीले देवत्व भनेको सबैलाइ देकाई दिईन । यो कलिलो मनस्थितिको बाणीमा देवताको आवाज निस्केको सबैले भान गरे । हामी सवैले उनलाई ताली बजायौ । उनी खुशी भइन ।
 
माथीको दुईवटा घट्नामा आकास जमिनको परक देखिन्छ । यी नानीले नेपाली सिक्नुको कारण नेपालमा भएकी हजुर आमाको मायासँग जोडेकी छन । हजुरआमाले उनलाई अमेरीकामा रहँदा गरेको माया र हाल हजुरआमा नेपालमा हुदा उनलाई लागेको न्यस्रोको याद कलिलो दिमागमा ताजकी छ । कारण पनि यहाँ स्पष्ट छ । हाल नेपालमा रहेकी हजुरआमालाई नेपाली मात्र बोल्न आउन्छ र अमेरीकामा भएकी नातीनीले नेपाली बुझ्न गाह्रो भएकोले हजुरआमासंग कुरा गर्नका लागी नेपाली सिक्न आएको भन्ने उनको उद्देश्य घाम झै छर्लङ्ग भयो  ।
 
आज हामीलाई बिज्ञानले समिप ल्याएको छ । जसको परिणाम जो जहाँ भए पनि अनुहार हेरेर कुरा गर्न सक्छौ । तर यहाँ भाषा कत्तिको दह्रो साधान रहेछ भनेर यो कलिलो मनस्थितीबाट सिकियो । मेरो मनले सामाजिक मनोबैज्ञानिक जोन बल्वेको सामाजिक सह-सम्बन्धको सिध्दान्तको याद दिलायो । जसमा बालवलिकासँग गरिने हरेक पलका अन्तरक्रियाहरुमा सहभागी परिवारका सदस्यहरुसँगको सह-सम्वन्धले नजानिदो किसिमवाट अन्तर-सम्बन्ध स्थापित भई हामीहरु नानीहरुसँग जोडिन पुग्छौ । साना नानीले पनि त्यहि भएर आफ्ना नजिका परिवारका सदस्यको स्वर सुन्ना साथ आँखा धुमाउने, हेर्ने र मुस्कुराउने गरेको देखिन्छ । जे होस कुनै पनि कलिलो मस्तिस्कमा छाप पर्नु भनेको ठूलो सह-सम्बन्ध छ भन्ने बुझिन्छ । जसले यी नानीको हजुरआमासँगको सम्बन्धको कारण पनि देखाएको छ  ।
 
एउटा सानो कलिलो मस्तिस्कले आफ्नो भाषाको महत्व बताएको यो छोटो परिचयात्मक कार्यक्रमले मेरो मनमा धेरै प्रश्नहरु उब्जिन गए । हाम्रा साना नानीहरुले नेपालीमा संचार गर्न नसक्दा देखिने कुण्ठा कस्तो हुँदो रहेछ भन्ने देखियो । उनीहरुले घर र बिधालयमा सिक्नु र बोल्नु पर्ने बहू-भाषाको कठीनाइका बारेमा बुझ्ने मौका पाईयो । नेपाली समाजको आँखा खोल्न ठूलो शिक्षा दिएको पाईयो । यो शिक्षा कसैले लिने वा नलिने त्यो ब्यक्तीमा भर पर्छ । तर एउटा तोतेबोलीले बटारिएको जीब्रोले नेपाली भाषालाई आमासँग जोड्दा बास्तबमै नेपाल आमासँगै जोडेको भान भयो ।
 
यहाँ उनका शब्दको अर्थ खोज्ने हो भने सानो उमेको अभिब्यक्ती भन्न मिल्दैन । मैलै त्यति बेला उनकै बुवाको सामुन्ने भनेको थिए “कति अर्थपुर्ण भाव है” । यो शन्देश मूलक भावना नेपाली प्रवासीका घरमा पुरयाउनु पर्ने आदर्श वाणीको रुपमा देखियो  । जसले प्रवास मात्र नभएर नेपालका हरेक गाउँलाई शहरसंग र बिश्वमा रहेका नेपालीलाई नेपाल आमासंग जोड्ने शन्देशको प्रबाह रुपमा देखियो ।
 
यस बिषयमा मेरो मनमा सानो जिज्ञासाले डेरा जन्मायो । नेपाली समाजका अगुवा भन्ने जो नेपालमा उच्च तहमा रहेर देश हाँकिरहेका छन । उनले नेपाली भाषा बोल्ने, नेपाली संस्कार र धर्म बोकेको र नेपाल आमाका सन्तानलाई भुतपुर्बको सर्टीफिकेट दिन्छन । यहाँ घटीया मनस्थिती, साँघुरो ज्ञानको तह, संकिर्णता बिचार प्रति घिन लागेर आयो । यी सानी नानी जो अमेरीकाको माटो जन्मिन । जन्मदै नत यीनको बुवाको खोजी गरियो नत आमा को नै  खोजि भयो । सिधै अमेरीकी सरकारले आफ्नो माटोमा जन्मेको नाताले नागरीकता र जन्म दर्ताको कागज दियो । त्यो पनि धन्यवाद सहित निःशुल्क । तर उनको भावना र रगतमा नेपाली भन्दा अरु केही देखिदैन, जसलाई भुतपुर्बको सर्टीफिकेटले दिदैमा रोक्न सकिदैन भन्ने सजिलै आँकलन गर्न सिकायो ।
 
आज ती तोतेबोलीको मुखारबिन्दुबाट निस्केको ज्ञान भूतपुर्बका नायक नेतृत्व तहका महान भनाउँदाको दिमाग भन्दा महान देखियो । यसैले यो मनले भन्यो यी नानीलाई नेपाली हुनका लागि नेपालको नागरीकता नै चाहिदैन । यीनी स्वतः नेपाल आमाको सामिप्यतामा छन । त्यसैले त उनलाइ नेपाली भाषामा आमासँग कुरा गर्न मन लाग्छ  ।  
 
हालः  टेक्सस अमेरिका