मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आउनुस् विरोध होइन स्वागत गरेर संस्कार देखाउँ

आउनुस् विरोध होइन स्वागत गरेर संस्कार देखाउँ


गणतन्त्र नेपालको सन् २०१५ मा संविधान सभा मार्फत निर्माण भएको  संविधानले व्यवस्था गरको अवाधिक निर्वाचनको व्यवस्था अनुरुप भएको पछिल्लो निर्वाचानबाट  अत्याधिक वहुमतले  निर्वाचित प्रधान मन्त्री सम्माननिय केपी शर्मा अहिले संयुक्त राष्ट्र संघको ७३औ महासभाना नेपालको नेतृत्व गर्दै सहभागि हुनुभएको छ । यही क्रममा हाम्रो नेपाली अमेरिकन समाजमा तीनखाले विचारहरुलाई बोकेर विवाद भैरहेको  छ । सवै आ-आफ्ना धारणामा अडिग भएको देखिन्छ l 
 
पहिलो विचार हामी प्रवासी नेपाली आफ्नो मातृभुमिको सरकार प्रमुख आउनु भएको छ उहाँलाई सबैलाई तर्फवाट स्वागत गरौ उहॉको सम्मानको सबैलाई मिलेर योजना बनाउँ यो एक एकदम सकारात्मक विचार हो l 
 
अर्को विचार हाम्रो देशको  प्रधान मन्त्री आएको बखतमा शालीनता  पुर्वक ज्ञापन पत्र वुझाउने र आफ्ना समस्या र समाधानको वारेमा केही समय कुरा गर्ने र सकारात्मक परिणाम आओस भन्ने कामना गर्ने यो पनि ठिकै हो l यसमा प्रवासमा वसेर आफ्नो क्रान्तिकारता देखाई रहने तिखारी रहने मनसाय  छ ।
 
तेस्रो विचारधारा चाहि प्रधानमन्त्रीलाई आधिकारीक कार्यक्रममा जाने क्रममा कालो झण्डा देखाउने विरोध गर्ने र अन्तराष्ट्रलाई देखाउने l यो अत्यन्त गलत कुरा हो प्रवासी नेपाली हुने विदेशी नागरिकका प्राप्त गर्ने वा त्यस तर्ख उन्मुख रहनेहरुले नेपालको कुनै राजनैतिक दल वा संस्थाको राजनैतिक कार्यक्रमको आधारमा विरोध गर्ने र त्यो दललाई सघाउने अनि अन्तराष्ट्रको  अघिल्तिर आफ्नो देशको प्रधान मन्त्रीको विरोध गरेर कालो झण्डा देखाउँदै आफ्नो नाक कहाँ रहला ?यो अत्यन्त गलत प्रवृति हो । आकास तिर फर्केर थुक्नु जस्तै हो ।
 
एकातिर गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्णय वमोजिम हामी समस्या समाधानको लागि लविङ गर्न नेपाल पठाउछौ र लविङ टोलीले हाम्रो माग पुरा गराउन सवैलाई सकारात्मक बनाएक आएको महिना दिन पनि पुग्न नपाउदैमा तिनै हाम्रा प्रतिनिधिलाईको विरोध र कालो झण्डाले चिढाउने कामको आयोजना पनि गर्छौ भने के ती प्रतिनिधिहरु हाम्रो माग प्रति सकारात्मक रहलान त ? 
 
नेपालको संविधान २०७२ ले एक पटकको नेपाली सधैको नेपाली भन्ने भावना अनुसार नेपाली नागरिकताले निरन्तरता पाउनु पर्छ भन्ने प्रयासको सफलता स्वरूप  विदेशका नागरिकता लिएकाहरुले पनि नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ l संविधानको धारा १४ ले राजनैतिक अधिकार वाहेक अन्य अधिकार प्रयोग गर्न पाउने गरि गैह्र आवसीय नेपाली नागरिक बन्ने पाउने भएका छन सो अनुसारको अधिकार प्रयोग गर्न पाउने गरि विधेयक पनि पारित हुने क्रममा छ । 
 
चुनावमा भोट खसाल्न नपाउने र कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने नै राजनैतिक अधिकार नपाउनु हो भन्ने मान्यता छ ।यसो हो भने प्रवासमा विदेशी नागरिकता लिएका व्यक्तिहरु नेपालका पार्टीको सदस्य हुन सक्छन । सवै प्रमुख पार्टीहरुले पार्टी सदस्य हुन नेपालको नागरिक हुनु पर्छ भन्ने विधानमा किटानी व्यवस्था गरेको छ ।
 
आन्दोलन, विद्रोह,युद्धमा सहयोग गर्दा वैधानिकताको प्रस्न हुदैन तर अहिले पार्टीहरु आफैले वनाएको संविधानको कार्यान्वयनको लागिको जिम्मेवारीमा भएकोले सवै कानुन मान्नु अनिवार्य छ संविधानले राजनैतिक अधिकार प्रदान  नगरेको हुनाले गैह्र आवासीय नेपालीलाई पार्टी सदस्यता दियो भने  यदी निर्वाचन आयोग र सर्वोच्च अदालतमा कसैले उजुरी दियो भने के हुन्छ भन्ने तर्क गरेको पनि देखिन्छ l त्यसो हो भने विदेशको नागरिकता लिनेहरु नेपालको पार्टीको सदस्य हुन सक्छन त ? पार्टी सदस्य भए पछी महाधिवेशनमा प्रतिनिधि हुने, केन्द्रिय कार्य समितिमा चुन्ने र चुनिने अधिकार राख्दछ राजनैतिक अधिकार वाहेकको अन्य अधिकार प्राप्त गरेको गैह्र आवसीय नागरिकले यो प्राप्त गर्न सक्छ त ? सक्दैनन !  
 
अनि पार्टीको निर्देशनमा तिनै व्यक्ति सम्मिलित संस्थाको नाममा याहॉ राजनैतिक पार्टीको कार्यक्रमलाई सधाउन कार्यक्रम के को लागि ! अव त हामीले यहाँ सामाजिक काम गर्ने हो भने गैह्र आवासीय नेपाली संघ मार्फत र राजनिति गर्ने हो भने अमेरिकी मुलधारको राजनितिमा समावेस भई आफ्नो समुदायको हक हितमा लाग्नु आवस्यक छ ।
 
हाम्रो काम भनेको नेपालवाट आएकाहरु सवै हाम्रो अतिथिहरु हुन भन्ने देख्नु अनि आफ्ना यहाँ रहेका नागरिकहरुको नागरिकताका समस्या, सहजरुपमा देश जान आउन पाउने  व्यवस्था, नेपालमा रहेका आफ्ना सम्पति कसरी सुरक्षित हुन सक्छ भन्ने कुरा  र गर्न सक्दा नेपालमा लगानिको सुरक्षा गर्ने र त्यसवाट मुनाफा कमाउन सक्ने वारेमा सालिनता पुर्वक कुरा गर्ने वातावरणको लागि छलफल गर्नु वान्छनिय देखिन्छ । कुनै जात धर्म र विचारको विषयमा नेपाल कसैले कुरै उठाएका छैनन जस्तो गरि  यही मौकामा उग्र विरोध गरि हाल्न पर्छ भन्ने हिसावले केही गर्न जरुरी छैन l 
 
त्यहॉ पनि संस्थाहरु छ आफ्नो कार्यक्रम गरिरहेका छन र यहाँ आउनेलाई पनि थाहा छ त्यो विषय l  अनि यहाँ उग्र विरोध गरेर नेपालवाट आउनु भएका प्रधानमन्त्रीले तपाईहरुले विरोध गर्नु भयो अब विषय सबै पास भयो भनेर लाहाछाप लगाईदिने पनि होईन । तसर्थ आउनुस देशबाट  आउनु भएकाहरुको स्वागत गरौ सम्मान गरौ ! आवश्यक  माग शालीन पुर्वक राखौं , माग पुरा होस भन्ने अनुरोध गरौ ! विरोध र कालो झण्डाको कार्यक्रम आजै स्थगित गरौ ।
 
(लेखक एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुन् ।)