मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सगुनको टोली टेक्ससमा

सगुनको टोली टेक्ससमा


हिमालयखबर संबाददाता
ड्यालस (टेक्सस) – सूचना प्रविधिका नेपालीमुलका इन्जिनियरको परिकल्पनाबाट बाहिर आएको सामाजीक सञ्जाल ‘सगुन’ ले अमेरिकाका चार राज्यहरुमा शेयर जारी गर्ने अनुमति पाएको छ ।
 
नेपालीहरुको सबैभन्दा ठूलो बसोबास रहेको टेक्ससका अतिरिक्त अरिजोना, फ्लोरिडा र नर्थ डकोटा राज्यबाट पनि सगुनको मिनि आइपिओमा लगानी गर्न पाउनेगरि नीतिगत व्यबस्था खुल्ला भएको छ । यसअघि यी चार राज्यबाट सगुनमा सिधै लगानी गर्न वा शेयर किन्न पाउने व्यबस्था थिएन ।
 
नेपाली सूचना प्रविधिका इन्जिनियर गोबिन्द गिरीको परिकल्पनाबाट सगुन बाहिर आएको हो । ‘सगुनलाई हामीले सामाजीक सञ्जालका रुपमामात्र नभएर ‘सोसल गिफ्टीङ कम्पनी’ का रुपमा अघि बढाउँदैछौ,’ गिरीले भने । आइतबार टेक्ससको ड्यालसमा नेपाली समुदायसँग छलफल गर्दै गिरीले प्रयोगकर्ताले समय बिताए वापत प्रतिफल समेत दिनेगरि नयाँ अवधारणाका साथ अघि बढेको बताए ।
 
सगुनका प्रवद्र्धकहरुका अनुसार यसमा समय बिताए वापत वा प्रयोग गरे वापत नगद सरह गिफ्टकार्ड दिने लक्ष्य छ । गिफ्टकार्डको स्रोतका रुपमा भने सगुनमा प्राप्त हुने विज्ञापन रहने बताइएको छ ।
 
यसअघि अमेरिकाका अन्य राज्यहरुबाट नेपाली, भारतीयहरुले ४६ लाख डलर बराबरको शेयर किनिसकेको समेत त्यस अवसरमा जानकारी दिइयो । ‘सगुनको प्रयोगकर्ता बढ्दै गएपछि हामीले फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्तै गरि कुनै दिने तहल्का पिट्ने आशा लिएका छौँ,’ गिरीले आफ्नो कम्पनीका लक्ष्य र योजनाबारे बताउँदै भने ।
 
अहिलेसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल या ट्वालेटमा मात्र सगुनको एप्स उपलव्ध छ । कम्प्युटरबाट पनि प्रयोग गर्न सकिन्छ । आइफोन र आइप्याडमा भने तीन महिनाभित्र एप्स राखिने गिरीले जानकारी दिए । 
 
अमेरिकामा सरकारी जागिर छाड्दा आफ्नो हातमा एकहजार तीनसय डलर रहेको र साथीभाईको सहयोग अनि सद्भावले गर्दा सगुन सार्वजनिक गर्न सकिएको गिरीले बताए । ‘स्टार्टअप (प्रारम्भिक चरण) कम्पनीमा लगानी गर्दा सफल भएको खण्डमा निकै ठूलो प्रतिफल रहेको र यस्ता कम्पनीहरु प्रयाप्त लगानी नभएको अवस्थामा मात्र इन्नोभेसन गर्न नसकेर घाटामा जाने अन्तर्राष्ट्रिय ट्रेन्ड छ,’ गिरीले भने–‘प्रयोगकर्तालाई समेत स्मार्टकार्ड दिने नविन अवधारणा हामीले ल्याएको हुँदा कुनै दिन यो कम्पनीले ठूलै चर्चा कमाउने मेरो विश्वास छ ।’
 
सगुनका अर्का संस्थापक लगानीकर्ता कविन्द्र सिटौलाले अन्य सामाजीक सञ्जालको प्रयोग गर्दा आर्थिक फाइदा नहुने तर सगुनले त्यो अवसर दिने भएकोले नयाँ अवधारणा भएको बताए । 
 
सगुनको शेयर किन्नका लागि अहिले न्यूनतम एकहजार १२ डलर लगानी गर्नुपर्छ । त्यसवापत ४४ शेयर प्राप्त हुन्छ । 
 
कार्यक्रममा सगुनका बारेमा साहित्यकार ज्ञानेन्द्र गदाल, एनआरएनका पूर्ब उपाध्यक्ष राम सी पोखरेल, नेपाली समाजका पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी लगायतले अनुभव सुनाएका थिए । 
 
कार्यक्रममा सगुनका संस्थापकहरुले यसमा लगानीका लागि चासो राख्नेहरुका जिज्ञासाको जवाफ समेत दिएका थिए । ‘सगुनमा लगानी गर्दा जोखिम पनि उच्च छ र संभावना पनि बढी छ,’ गिरीले भने–‘सफल भयो भने उच्च प्रतिफल छ । असफल भइयो भने घाटा छ, त्यसैले आफ्नो आर्थिक अवस्था डुब्नेगरि वा नोक्सानी हुँदा पनि पछुताउनु नपर्नेगरि लगानी गर्नुहोला ।’