मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शनिबार परराष्ट्र मन्त्री ज्ञवाली ड्यालस आउँदै

शनिबार परराष्ट्र मन्त्री ज्ञवाली ड्यालस आउँदै


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आउँदो शनिबार ड्यालस आउने भएका छन् ।
 
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका आएका परराष्ट्र मन्त्री ज्ञवाली ड्यालसको नेपाली समुदायसँग छलफलका लागि आउन लागेका हुन् । प्रवासी नेपाली मञ्च अमेरिकाको विशेष समन्वयमा उनी ड्यालस आउन लागेका हुन् ।
 
मन्त्री ज्ञवालीसँग यहाँको नेपाली समुदायले शनिबार दिउँसो नेपाली समाज टेक्ससको सभाहलमा विशेष अन्तरकृया कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेको छ । आइतबार अर्भिङमा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले आउँदो शनिबार गरिने कार्यक्रमको मोड्यालिटी, परराष्ट्र मन्त्रीसँग राख्ने मागका विषयमा छलफल गरेको थियो । 
 
प्रवासी नेपाली मञ्च टेक्सस, एनआरएन र नेपाली समाज टेक्सस संयुक्त आयोजक हुनेगरि कार्यक्रम आयोजना गर्ने विषयमा सर्वसम्मती भएको छ । अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु रहेको ड्यालस÷फोर्टवर्थ क्षेत्रमा नेपाली कन्सुलेट अफिस स्थापना, नेपाली राहदानी नविकरणको समस्या समाधानका लागि त्यस अवसरमा मन्त्री ज्ञवालीको ध्यानाकर्षण गर्ने विषयमा समेत छलफल भएको छ । 
 
बैठकमा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, राज्य कमिटी अध्यक्ष मणि भण्डारी, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्षहरु डा. प्रेम अधिकारी, कृष्ण लामिछाने, एनआरएन टेक्सस च्याप्टर अध्यक्ष भानु खरेल, नेपाली मन्दिरका बोर्ड अफ ट्रस्टी अध्यक्ष विनय अर्याल, समाजसेवी डा. मुरली अधिकारी, एएनएका महासचिव विजयराज भट्टराई, प्रवासी नेपाली मञ्चका भीम कार्की, कमल ओझा, गोकर्ण दाहाल, जनक राना, राजेन्द्र वाग्ले, यादब खनाल लगायत डेढ दर्जनको छलफलमा सहभागिता थियो ।
 
कार्यक्रममा अन्य स्थानीय नेपाली संघसंस्थालाई समेत आमन्त्रण गरिएको जानकारी प्रवासी नेपाली मञ्चका अध्यक्ष भण्डारीले दिएका थिए । 
 
नेपालबाट सार्वजनिक ओहोदामा भएका पदाधिकारीहरु आउँदा नेपाली समुदायबीच ऐक्यवद्धता जनाउनका लागि मिलेर कार्यक्रम आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो । 
 
परराष्ट्र मन्त्रीको आगमनको क्रममा हुने कार्यक्रमको तयारीका लागि आइतबार आयोजित छलफलबाट ड्यालसको नेपाली समुदायमा एउटा असल परम्परा बस्ने विश्वास सहभागीहरुको थियो । 
 
विगतमा सार्वजनिक ओहोदारधारी आउँदा चोटाकोठा, रेष्टुरेन्टको सानो हलमा हुने परम्परालाई त्यागेर एक भएर कार्यक्रम गर्नेमा सबैको सहमति देखिएको छ । ड्यालस पछिल्लो समयमा नेपालबाट आउने राजनीतिज्ञ, प्रशासक, बिभिन्न संघसंस्थाका प्रमुखहरुका निम्ति केन्द्र जस्तै भएको छ । 
अमेरिकाका अन्य स्थानमा हुने कार्यक्रमको तुलनामा नेपालीहरुको ठूलो सहभागिताले गर्दा ड्यालसको पहिचान निकै माथि पुगेको छ । 
अत्यन्तै व्यस्त कार्यतालिकाका बीच पनि मन्त्री ज्ञवाली केही घण्टाका लागि ड्यालस आउन लागेका हुन् ।