मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा सात देशका नागरिकले संयुक्त रुपमा गरे विश्व शान्तिको कामना

कोलोराडोमा सात देशका नागरिकले संयुक्त रुपमा गरे विश्व शान्तिको कामना


नातिबाबु  भट्ट
कोलोराडो (अमेरिका)- कोलोराडोको स्थित लङमन्ट सहरमा शनिवार सात देशका नागरिक जम्मा भई मानव निर्मित विकासका माध्यमबाट विश्वमा अशान्ति फैलदै गएको भन्दै संयूक्तरुपमा विश्व शान्तिको कामना गरेका छन् ।
 
युनिभर्सल पिस क्रेटर्स र लङमन्ट हिमालयज् लायन्स क्लबको संयुक्त आयोजना तथा स्थानीय संघ संस्थाहरूको सहयोगमा “युनिटी फर पिस सेलीब्रसन” कार्यक्रम सम्पन्न भएको हो । 
 
अमेरिकी आदिवासीहरूले विश्व शान्तिको कामना गर्दै विधिपूर्वक पुजाआजा गरेर सुरु गरेका कार्यक्रममा नेपाली, ईन्डियन, पेरेभिएन, मेक्सिकन, ब्राजिलीयन र तिब्बतीयन नागरिकहरू जम्मा भई विश्व शान्तिको कामना गर्दै आ–आफ्नो संस्कृतीक नृत्य प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा स्थानीय संस्थाका प्रतिनिधि मार्लो वेनिसले विश्व असुरक्षित बन्दै गएका कारणहरू उल्लेख गर्दै समाधानका उपायहरू सहित तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, गन्यमान्य, पत्रकार, समाजसेवी, स्थानीय सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा सहभागीहरूलाई विभिन्न देशका खानाका परिकारहरू वितरण गरिएको थियो । अजय प्रधानले सञ्चालन गरेका कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस क्रेटर्सका अध्यक्ष ईभेत लार्रेयाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैल्ँँई धन्यवाद दिँदै,  विश्व दिन प्रतिदिन असुरक्षित बन्दै गएकोले सबैले हातेमालो गर्दै यसलाई सुरक्षित बनाउन अनुरोध गरेकी थिइन् ।