मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रधानमन्त्री ओली न्यूयोर्क आइपुगे

प्रधानमन्त्री ओली न्यूयोर्क आइपुगे


हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका) – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका छन् ।
 
आइतबार बिहान न्यूयोर्कको जोनएफ केनेडी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, एनआरएन अमेरिकाका महासचिव बीआर लामा, बोर्ड अफ डाइरेक्टर सञ्जय थापा लगायत नेपाली समुदायका अगुवाहरुले स्वागत गरेका थिए ।
 
प्रधानमन्त्री ओलीका साथमा परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपाल सरकारका बरिष्ठ अधिकारीहरू सहित २० सदस्यीय टोली रहेका छन् ।
 
अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले महासभालाइ सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गर्ने कार्यक्रम छ । 
 
प्रमं ओलीले यसपटक दक्षिण अमेरिकी देश कोस्टारिकाको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्कमा रहँदा प्रमंले नेपाली समुदायसँग पनि भेटघाट र अनतरकृया गर्ने कार्यक्रम राखिएको छ ।