मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन र बंगलादेशका स्काउटबीच मित्रता

चितवन र बंगलादेशका स्काउटबीच मित्रता


भरतपुर । नेपाल स्काउट चितवन र वुमन एण्ड चाइल्ड डेभलपमेन्ट काउन्सिल (एनएएसआईयूपी) बंगलादेशबीच सौराहामा अन्तक्र्रिया एवम् मित्रता कार्यक्रम सम्पन्न भएको छ । 
 
बंगलादेशबाट भाइस प्रिसिडेन्ट मोहम्मद असरफ उद्धिन नाजु, सेक्रेटरी जनरल माफ्रोदा एस्मीनतथा चितवनबाट जिल्ला आयुक्त तीर्थराज न्यौपाने, चितवन जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख रामकृष्ण सिंखडाबीच मित्रता हासिल भएको हो । 
 
अन्तक्र्रिया कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, सदस्य सचिव रामप्रसाद पोखरेल, जिल्ला तालिम आयुक्त लक्ष्मी पन्त, प्राचार्य मित्रबन्धु चापागाईं, चित्रबहादुर रायमाझी सहभागी थिए । 
 
कार्यक्रममा यसै वर्षदेखि चितवन र बंगलादेशबीच मित्रताको भावनाले अघि बढ्ने दुवै देशका स्काउटले प्रतिबद्धता जनाएको स्काउटर देवेन्द्र न्यौपानेले जानकारी दिए ।