मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा श्रष्टा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम हु्ुदै

कोलोराडोमा श्रष्टा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम हु्ुदै


कोलोराडो (अमेरीका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी सनिबार दुई श्रष्टा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम हुने भएको छ । 
 
श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत चर्चित हास्य ब्याङ्ग्य कवी एबं बरिष्ठ साहित्यकार नवराज कार्की र महिला साहित्यकार तथा कवयत्री मीना सुवेदी भण्डारीलाई सेप्टेम्बर २९ तारिकका दिन कोलोराडाको नर्थग्यालेन स्थित क्रसरोड चर्चमा सम्मानगर्न लागिएको हो ।   
 
सिलसिला, मनभित्रको आ“धी, एक दनक जस्ता चर्चित कृतीहरु मार्फत चर्चा कमाएका नवराज कार्की हास्य ब्याङ्ग्यकार, साझा प्रकाशनका पूर्व महाप्रवन्धक तथा प्राध्यापक पनि हुन् । त्यसैगरी महिला साहित्यकार तथा कवयत्री मीना सुबेदी भण्डारीको कविता संग्रह “आस्थाको चौतारी”को बिमोचन कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठले बताएका छन् ।
 
सम्मान समारोहमा साहित्यकार द्धयको कविता बाचन तथा स्थानीय स्रजकहरुको सृजना प्रस्तुतगर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा आना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।
 
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ भन्दाबढी देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी कार्यक्रम हदै आएको छ ।