मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

८४ बर्षिया आचार्यको कृति सार्वजनिक

८४ बर्षिया आचार्यको कृति सार्वजनिक


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – नेपाली समाजमा ६० वर्ष पुगेपछिको उमेरलाई पुरै निष्कृय जीवनका रुपमा लिनेहरु पनि छन् । तर ८४ बर्ष पुरा भैसकेकी साबित्रीदेवी आचार्यले साहित्यीक कृति सार्वजनिक गरेर उदाहरणका रुपमा प्रस्तुत भएकी छन् ।
 
बिहे गरेर आदीकवी भानुभक्त आचार्यको कुलमा प्रवेश गरेकी आचार्यले शुक्रबार ड्यालसमा ‘भावनाहरुको संगालो’ गीति कविता संग्रहको साहित्यकार ज्ञानेन्द्र गदालले लोकार्पण गरेका थिए । भावनाको संगालोमा बिभिन्न विषयमा लेखिएका ५३ वटा कविताहरु छन् । 
 
दुई छोरा र बुहारीका सामिप्यमा ठूलो संख्याका नेपाली साहित्यानुरागीबीच भावनाहरुको संगालो सार्वजनिक भयो । आचार्यद्वारा लिखित ‘मनका आवाज’  बिसं. २०६८ सालमा सार्वजनिक भएको थियो । 
 
श्रष्टा साँझको आयोजनामा भएको कार्यक्रममा कवयित्री आचार्यले स्वअध्ययन भएपनि घरको साहित्यिक माहौलले गर्दा आपूmलाई कविता लेख्न प्रेरणा मिलेको बताइन् । गिती कविताका रुपमा प्रकाशित उनका रचनाहरुले सरल शव्दहरु, गहिरो भाव बोकेका छन् । 
 
त्यस अवसरमा उपस्थित साहित्यकारहरुले कविता संग्रहबाट प्रतिनिधि कविता वाचन गरेका थिए ।
 
सोही अवसरमा भरखरै छिन्नलता पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार गदाललाई समेत सम्मान गरिएको थियो । त्यस्तै नेपाली कम्युनिटीले गर्ने कार्यक्रममा निशुल्क रुपमा हल उपलव्ध गराउँदै आएकोमा फिस्टेल रेष्टुँरालाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।