मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा


न्युयोर्क (अमेरिका)- पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । 
 
न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन –द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना  गरेको हो  । 
 
दि ग्रेटर न्युयोर्क च्याप्टर अफ कर्मससंगको साझेदारीमा आयाजित यस एक्स्पोमा १५० भन्दा बढी एक्जिभिटरहरु रहेका थिए  भने ३५०० भन्दा बढी आगन्तुकहरुको उपस्थिति थियो ।
 
अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले यस किसिमका एक्सपोले दुई देशबीचको व्यापार साझेदारीमा महत्वपूर्ण योगदान मिल्ने बताए ।  
 
‘व्यापार र पर्यटन प्रवर्दनका निम्ति यस्ता कार्यक्रम निकै नै महत्वपूर्ण हुन्छ,’ राजदुत कार्कीले भने  । 
 
नेपाल उधोग तथा वाणिज्य मन्त्रालय अन्र्तगत टे«ड एन्ड एक्सपोर्ट प्रमोशन सेन्टर र नेपाल टुरिजम बोर्डको समेतको सहभागिता रहको कार्यक्रम निकै सफल भएको एक्सपोका कार्यकारी निर्देशक अमित शाहले बताए । 
 
‘हामीले यस एक्सपोमा ३ कुरामा जोड दिएका थियौ,’ शाहले भने  । ‘पहिलो नेपाल अमेरिकाबीच व्यापार प्रवर्दन, दोस्रो यहां भएको बिज्नेश अन्टरप्रनरहरुलाई अगाडी ल्याउने र तेस्रो यहां रहेका नेपाली व्यापारीलाई अमेरिकी व्यापारीहरुसंग सम्बन्ध विस्तार गर्ने मौका प्रदान गर्ने ।’
 
एक्सपोमा ग्रेटर न्युयोर्क च्याप्टरका अध्यक्ष मार्क जेफले आफ्नो संस्था नेपाली उधोगीलाई सक्दो सहयोग गर्ने तयार रहेको बताए । 
 
नेपाली अमेरिकनले पहिलो पटक यति ठुलो एक्सपो आयोजना गरेकोमा अधिकांश वक्ताले बधाई दिएका थिए । 
 
त्यस्तै, अमेरिकामा रहेका साना बिजेनेशका प्रतिनिधि पिटर फेनल, न्युयोर्क मेयर अफिसका गे्रग बिसप लगायतले एक्सपोको निरन्तरतामा जोड दिएका थिए  ।