मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाल्टिमोर राइट ऐडको गोदाममा भएको गोलीबारीमा महिलाको संलग्नता

बाल्टिमोर राइट ऐडको गोदाममा भएको गोलीबारीमा महिलाको संलग्नता


हिमालयखवर संवाददाता
बाल्टमोर (अमेरिका) – अमेरिकामा जथाभावी गोली चलाउने घटना बृद्धि भएका छन् । तीन दिनयता मात्र तीन स्थानमा यस्ता घटना भए । यस्ता गोली काण्डका कमैमात्र महिलाको संलग्नता छ । तर, विहविार राइट ऐडको गोदाममा त्यही कार्यरत एक महिलाले अन्धाधुन्ध गोली चलाएकी थिईन् ।
 
बाल्टिमोर भन्दा करिव ३० माइल पर पर्ने राइट एडको गोदाममा २६ बर्षिय महिला स्नोचा मोज्लेले आफ्नै नाममा भएको हाते बन्दुक चलाउँदा त्यहाँ काम गर्ने तीन जनाको ज्यान गएको थियो । उनले चलाएको बन्दुकवाट अरु तीन जना घाइते भएको थिए ।
 
गोली चलाउने ती अभियुक्त महिला उक्त गोदाममा अस्थायी कर्मचारी थिईन । बिहीवार आफ्नो समयमा काममा पुगेकी थिईन । करिब बिहान ९ बजे उक्त गोली काण्ड भएको थियो । गोली चलेको झण्डै ५ मिनेटमा त्यहाँ पुलिस पुगेका थिए । हेलिकोप्टर, उद्धारकर्ता र प्रहरीले घटनाको लगत्तै उक्त स्थान आफ्नो नियन्त्रणमा लिएको थियो । 
 
प्रहरीका अनुसार ती महिला पनि घटना स्थलमा घाइते अवस्थामा भेटिएकी थिईन । ती महिलाले केही राउण्ड गोली चलाएपछि आफ्नै बन्दुकवाट आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  
 
अमेरिकी संचार माध्यम सीएनएनका अनुसार ती महिला उक्त गोदामकी पुर्व सुरक्षा गार्ड थिईन । उनले लाइसेन्स लिएर नै वन्दुक राखेकी थिईन ।
 
तीन दिन यता मात्र तीन स्थानमा यस्तै घटना भएका थिए । अमेरिकामा सामान्य व्यक्तिलाई लाइसेन्स लिएर बन्दुक राख्न दिने कानुन छ । यस्ता गोलीबारीका घटना वढ्दै गएपछि सजिलै बन्दुक राख्न पाइने कानुन परिवर्तन गर्नु पर्ने बारेमा बहस भईरहेको छ । तर, बन्दुक राख्न दिनुपर्छ भन्ने लबी शक्तिशाली हुँदा यस सम्वन्धि कानुन आउन सकेको छैन । 
 
अमेरिकी संविधानले नै आत्मरक्षाका लागि वन्दुक राख्न दिने व्यवस्था गरेको हो । फोटो साभार: सिबिएसएन