मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेजाको ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार राईलाई हस्तान्तरण

नेजाको ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार राईलाई हस्तान्तरण


अशोज ४, काठमाडौँ  I नेपाल पत्रकार महासघ र नेपाल अमेरिका पत्रकार  संघको सयुक्त आयोजनामा आज नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार कुम्भ राज राइलाई बितरण   गरिएको छ। 
 
प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले दुई लाख २२ हजार  दुईसय २२ रुपैया २२ पैसाको चेक पुरस्क्रित पत्रकार राइलाई प्रदान गरेका थिए भने प्रमुख अतिथी महराले दोसल्ला ओडाएर प्रमाण पत्र प्रदान गरेका थिए । 
 
कार्यक्रममा प्रमुख अतिथी महराले प्रेसलाई कुन्ठित हुन नदिने र मुलुकी एनमा भएका बिबाद्स्पद बुदाहरुमा सन्सोधन प्रस्ताब अाइसकेको हुँदा पत्रकार साथीहरुले निर्धकताका साथ राष्ट्र निर्माणमा आफ्नो तर्फ बाट सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेजाका अध्यक्ष सुदिप पन्तले प्रबासमा बसे पनि नेजा जहिले पनि नेपालको पत्रकारहरु सँग नै जोडीएर रहेको बताउदै दु:ख सुखमा नेजा जहिले पनि साथ र सहयोगको लागि तत्पर रहेको बताउदै आगामी दिनहरुमा नेजा र महासंघ बिच अझ प्रगाड सम्बन्ध बिकसित हुने खालका कार्यक्रमहरु गर्ने सम्बन्धमा महासंघका अध्यक्षसँग छलफल भएको बताउनुभयो । 
 
पुरस्कार प्राप्त गर्ने पत्रकार कुम्भ राज राइले आफु भन्दा पनि सक्षम पत्रकारहरु ग्रामीण क्षेत्रमा रहेर उल्लेखनिय काम गरिरहनुभएको छ यधपी आफुलाई पनि यस् लायक सम्झेर हौसला प्रदान गर्नुभएकोमा छनौट समिती ,नेजा  र पत्रकार महासंघलाई हार्दिक धन्यवाद प्रदान  गर्नुभयो । सो अवसरमा पत्रकार महासंघको पूर्व अध्यक्षद्वय  हरिहर बिरही र शिब गाउँलेले नेजा र पत्रकार महासंघ बिचको सम्बन्धको बिषयमा प्रकाश पार्नुभएको थियो । 
 
कार्यक्रमको सभापतित्व गर्नुभएको पत्रकार महासंघको अध्यक्ष गोबिन्द आचार्यले नेजासँगको सम्बन्ध आगामी दिनहरुमा अझ प्रागड हुने बिचार  राख्दै नेजाले नेपालका पत्रकारहरुलाई गरिरहेको सहयोग प्रती धन्यवाद दिनुभयो ।
 
आगामी दिनहरुमा महासंघ र नेजा मिलेर तालिमको ब्यबस्थापन गर्ने बिषयमा सल्लाहा   भएको जानकारी गराउनुभयो ।  सो कार्यक्रममा कार्यक्रम संचालक सस्थाको महासचिब रमेश बिष्टले पुरस्कार   छनौटका प्रकृया लगायतको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।