मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेयर शाक्य अमेरिकामा

मेयर शाक्य अमेरिकामा


हिमालयखवर संवाददाता
मेरिल्याण्ड (अमेरिका) – कि मानिस राम्रो काम गरेर चर्चामा आउँछ, कि त नराम्रो काम गरेर या पदीय जिम्मेवारी निर्वाह गर्दै नगरेर ।
 
पदीय जिम्मेवारी निर्वाह नगरेरै चर्चामा आएका मध्यका एक हुन् काठमाडांै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । यिनै शाक्य यतिखेर भर्जिनियाको एउटा सिटीसँग भगिनी सम्बन्ध कायम गर्ने भन्दै अमेरिका आइपुगेका छन् ।
 
तत्कालिन नेकपा एमालेको तर्फबाट देशको राजधानी रहेको महानगरको मेयर जितेका शाक्यको काम कारवाहीलाई लिएर सोही पार्टीका नेता कार्यकर्ताहरु समेत दिक्दार छन् । सुस्त गति, गैर जिम्मेवारपूर्ण भनाईका कारणले शाक्य प्रति धेरैको चर्को गुनासो छ । 
 
भर्जिनियाको फेड्रिकवर्ग सिटीसँग भगिनी सम्बन्ध कायम गर्न आएका शाक्यको अमेरिका आगमनले सोही पार्टी निकटस्थ अमेरिकाका नेता, कार्यकर्ता समेत उत्साहित छैनन् । 
 
‘मैले त स्पष्ट भनिदिएँ, तपाई आफु पनि डुब्नुभयो पार्टीलाई पनि मज्जाले डुबाउनुभयो । तपाईबाट ठूलो आशा राखेका थिए जनताले । खै त केही गरेको महसुस कसैले गरेका छैनन्,’ सो पार्टी निकट प्रवासी मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले भने । 
 
सोमबार शाक्यको उपस्थितीमा बाल्टिमोरको नेपाली समुदायले कार्यक्रम राखेको थियो । त्यो कार्यक्रम शाक्यलाई स्वागत गर्नेमा भन्दा पनि उनलाई गुनासो सुनाउनेमा सिमित रहेको एक सहभागीले जानकारी दिए ।
 
शाक्यलाई भित्र मनैदेखि सम्मान र स्वागत गर्नेमा कसैले चासो नदिएको बताइएको छ । महानगरपालिको अस्तव्यस्तता, नेतामा हुनुपर्ने गुण समेत नभएका कारण उनले पार्टीकै बदनाम गरिरहेको गुनासो व्याप्त थियो ।
 
कार्यक्रममा मेयर शाक्यले आफुले काम गरिरहेको भएपनि प्रचार प्रसार नभएको भन्दै मिडियाप्रति आक्रोश व्यक्त गरेका थिए । तर के के काम भयो भन्ने बारेमा भने स्पष्ट बताउन सकेनन् । 
 
बुधबार फेड्रिकवर्गसँग काठमाडौंको भगिनी सम्बन्ध कायम हुँदैछ । यसअघिनै अमेरिकाको कोलोराडोको एउटा सिटीबीच भगिनी सम्बन्ध कायम भैसकेको छ । 
 
शाक्यको गतिविधि सुनेर र पढेर वाक्कदिक्क प्रवासी नेपाली मञ्चले औपचारिक कार्यक्रम राख्नेतिर चासो दिएको छैन । नेपालबाट नेताहरु आउँदा स्वागत कार्यक्रम राख्ने, लिनका लागि विमानस्थलमा पुग्ने मञ्चका नेता, कार्यकर्ताहरुले शाक्यलाई वास्ता समेत गरेका छैनन् 
 
फोटो साभारः इनेप्लिज