मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान दिवसमा प्रधानमन्त्रीले भने- राष्ट्रिय दायित्व पूरा गरौँ

संविधान दिवसमा प्रधानमन्त्रीले भने- राष्ट्रिय दायित्व पूरा गरौँ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिएका छन् ।
 
प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिएका छन् । अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण राजनीतिक दलका नेता एवं देशवासीमा आन्दोलनको चरण सकिएकाले विकास र समृद्धिको अभियानको चरणमा सहयोगी भावनाका साथ अग्रसर भई राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गरे । 
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाली, अङ्ग्रेजी, नेपालभाषा, भोजपुरी, मैथिली, खाम मगर र तामाङ भाषामा शुभकामना दिएको जानकारी दिए । 
 
उनले बहुभाषिक नेपालमा भाषाभाषीको उत्थान र प्रोत्साहनका लागि नयाँ परम्परा स्थापना गर्न उक्त प्रयोग गरिएको बताए । 
 
नेपालको संविधानको धारा ३२ मा मौलिक हकअन्तर्गत भाषिक र सांस्कृतिक हकको प्रबन्ध गरिएको छ ।