विचार / ब्लग

काँशी हुनुपर्छ डा. भट्टराईको अबको गन्तब्य

367 पटक पढिएको

- बलायर 'प्रत्याशी'

हिमालय खबर | 18th Sep 2018, Tuesday | २०७५ आस्विन २, मंगलवार ०८:४२
डा. बाबुराम भन्नासाथ नेपालमा चलेको १० वर्षे ‘जनयुध्द‘ नामक हिंश्रक कार्यको अभियन्ता र ज्ञानले भरिको दुबै नामले चिनिन्छ । यतिमात्र हैन उनको जुन नाम भगवान रामसँग जोडिएको छ त्यसले झनै उनी समाजको त्यो रामराज्यका लागि लडेका ब्यक्ती हुन कि भन्ने पनि भान पनि हुन सक्छ । तर नाम र ज्ञानले मात्र केही सीप लाग्दो रहेछ भन्ने कुरा उनको बिगतको ईतिहासले देखाई सकेकोछ । 
 
हिजोआज यिनै बाबुराम थप ज्ञानको खोजीमा बिश्व भ्रमणमा निस्केका छन । रसिया लगाएत केही यूरोपियन देशको भ्रमण सकेर हाल अमेरिकामा ज्ञानको खोजीमा रहेका “लालज्वज” अहिले डा. बाबुराम बन्ने प्रयासमा छन । 
 
उनी अमेरिकाको भ्रमणका क्रममा नेपाली समाजका केही अगुवा र एनआरएनका केही सहयोगलाई साथमा लिई अमेरिकामा रहेका एनआरएनहरुलाई फकाउदै आफ्ना बिचार पस्कने अभियानमा छन । यसैक्रममा यो टिप्पणीकारले पनि टेक्ससमा उनीसँग केही घण्टा अन्तरक्रिया गर्ने अवसर पायो । 
 
अध्ययनले ईन्जिनियरिङ बिज्ञानको दह्रो ज्ञान भएका भट्टराई आफुलाई अर्थशास्त्र र बिकासको बिधार्थी भन्छन् । उनी बिश्व इतिहासका क्रन्तीहरुलाई सजिलै पढाउन सक्ने क्षमता राख्दछन (बेलायती आन्दोलन होस वा फ्रेन्च औधोगीक या रूसको) । 
 
बिकासको लागी निर्वाहमुखी र श्रम निर्यातमुखी अर्थतन्त्रमा परिवर्तन गरी बिकासमुखी नीतिमा बिश्वास गर्ने डा. भट्टराईले साम्यवादी अर्थव्यवस्थाले मात्र देशले युगान्तकारी परिवर्तन नहुने हुँदा अव राज्यकेन्द्रीत र उदारबाद पुँजीको बीचको मार्गको बिकासढाँचा अपनाउनु पर्ने बिचार राखे । 
 
उनले आफुलाई बिकासको बिधार्थी, देशको सामाजीक, आर्थिक, साँस्कृतिक एवम् सामन्ती संरचना निमट्यान्न गर्ने समृध्दी अभियन्ता भएकोमा गर्ब गर्दै आफुले नेपालमा ऐतिहासिक लडाइ लडेको र त्यसले सामन्ती व्यवस्थाको अन्त गरेको दावी पनि गरे । ड्यालसमा भएका दुइ अलग अलग कार्यक्रममा उनले सत्रहजारले ज्यान गुमाएकोमा पछुतो भन्दा पनि बिश्वमा हुने ठूला आन्दोलनमा यस्तो हुन सक्ने भन्दै तमाम उदाहरण पेश गर्न यूरोपेली क्रान्तीका तिथी मितिहरु बताएका थिए । 
 
उनीसँग नेपालको २०४६ पछिको अवस्था र यूरोपको त्यतिबेलाको समान थिएन नि भन्ने जवाफमा नेपालको सम्बैधानिक राजतन्त्रको सामन्ती सोच जोड्छन ।  
 
नयाँ पहिचान सहित अमेरिकामा रहेका नेपालीहरुको बिचमा सहानुभूतीका लागी जे जती कुरा राखेता पनि उनलाई यहाँ भएका छलफलहरुहरू त्यति सहज भने देखिएन । उनलाइ कालो झण्डा देखाइनु संाकेतिक रुपमा लालध्वजलाई बाबुरामको रुपमा स्वकार गरेको देखिदैन । 
 
उनलाई स्वागत गर्ने यो समूह संख्यात्मक रुपमा सानो देखिए पनि अन्तरक्रिया कार्यक्रमा सहभागी भएका धेरैले बाण सरी प्रश्न तेर्स्याई हरेक कोणबाट १७ हजारको हत्याको जवाफ खोजि रहे । जसबाट उनको बिगतको ईतिहासलाई धेरैले बिर्सेको देखिदैन । भलै एक-दुइ आवाजले राज्यले पनि त्यसको दोषको हिस्सा लिनु पर्छ भने तर त्यहाँको जनमत मान्ने पक्षमा थिएन । उनीहरुको तर्क थियो – “यो समय नेपालमा पूर्ण प्रजातान्त्रीक देश थियो र २०४६ सालको सम्विधानमा खोट लगाउने ठाउँहरु पनि कमै थिए । प्रजातान्त्रिक तवरले संसोधन र परिमार्जन हुने ठाउँ हुँदा हुदै बन्दुक बोकी राज्य माथि हमला गरेको पक्षले बढी जवापदेही हुनु पर्छ भन्ने आसय देखिन्थे । तर डा. भट्टराइले यसलाई युध्द नै भन्दै टारे । जे होस भोलीका दिनमा कुन न कुनै ईतिहासकारले यसको छिनोफानो गर्ने नै छ । 
 
भौतिकवाद र विज्ञानसँग सम्बन्धित “फ्याक्ट र रिजन” मा आधारित ज्ञानका उनी ज्ञाता हुन । शंका गर्ने ठाउँ छैन । सामाजीक र समाजबिज्ञानको अनुभवको कुरा गर्दा भने उनको नजर अहिले पनि बर्गबिभेदमा मात्र केन्द्रित रहन गयो । अहिलेको बिश्वले समाजशास्त्र र सामाजीक मुल्य मान्यतालाई बढी महत्व दिईरहेको अवस्थामा बिश्वका आन्दोलनहरुको ईतिहास, ज्ञान र बिज्ञानमा आधारीत समाजको मात्र कल्पना गर्दा समाज साँच्चिकै “स्व-केन्द्रित” हुन्छ भन्ने कुराको हेक्का हुँदा हुदै पनि डा. भट्टराई कुरा चपाउदै भौतिकबादमा नै केन्द्रीत हुन चाहे ।  
 
ड्यालासमा रहेको नेपालीहरुको एकताको केन्द्र पशुपतीनाथ-बुध्द मन्दिरमा गई टीका, प्रसाद ग्रहण गरेका भौतिकबादी लालज्वजले भगवान गौतमबुध्दको महिमा बताउन चुकेनन् । भगवान बुध्दका सन्देशहरु मानवधर्म र अहिंसासंग जोडेर उनले समाज बिज्ञान भन्दा पनि भौतिक विज्ञानबाटै बुध्दलाई ब्याख्या   गरे । 
 
हो, भगवान बुध्दका विचारहरु धेरै बैज्ञानीक छन । तर त्यो भन्दा पनि उनका बिचारहरु समाज र सामाजिक परिवेशसँग जोडिएका छन । जसमा अहिंसा, करूणा, दया, ममता, क्षेमा, आदर, सत्कार आदी भावहरु मिसिएका हुन्छन । यी भावहरु नहुने मानवमा मनव हुनु र नहुनुको के नै अर्थ रहन्छ र ? यसमा केवल पशुतुल्य मानवको स्वरुप मात्र रहन्छ भन्ने भाव उनले नबताए पनि अमेरिका सम्म पुगेका हरेक नेपालीले उनको भनाईको भाव बुझि सकेको अाभाष हुन्थ्यो । 
 
यो टीप्पणिकारले उनीसँग पूर्बीय दर्शनका सवालमा पनि जिज्ञासा राखेको थियो । उनले  हाम्रो हिन्दु-संस्कारलाइ बर्ग-बिभाजनको जडसुत्रको रुपमा लिई ध्वस्त बनाउनु पर्छ भन्ने मान्यता राख्नुभयो ।  हिन्दुसंस्कारमा केहि बर्गले सिमित स्वार्थको लागि पक्कै पनि जातीय र बर्गीय बिभेदका नकरात्मक बिचारहरु प्रबाह गरेको पक्का हो । जसलाइ हामी सबैले स्वीकार गर्नु नै पर्छ । तर जो धर्म मानव सभ्यताको उदगमसँगै बिकास भएको हो र जसका बैध्दक ग्रन्थहरुले कही कतै बिभेदकारी नीतिका बारेमा बोल्दैन त्यो धर्मको बारेमा नकरात्मक टिप्पणी मात्र गर्नु भनेको उनको लुकेको धार्मीक स्वार्थको राजनैतीक पाटो हो भन्दा फरक पर्दैन ।
 
डा. भट्टराइलाई सामान्य लाग्ने नेपाली धर्म र संस्कारको पाटोसँग जोडिएको  'नेपाली हुँ' भन्ने पहिचानको सोचाईलाई गलत अवधारणा भन्न चाहन्छन । मैले हिजोका दिनमा नेपालमा हुँदा लालध्वजलाई मात्र देखेको थिए र अहिले बदलिएको रुपमा रुपानतरित डा. भट्टराईको रुपमा हेर्न चाहन्थे । तर जब मैले उनीसंगको अमेरिकामा साक्षात्कार गर्ने मौका पाए । उनमा नेपाली संस्कार प्रतिको नकरात्मक भूतलाइ हेर्दा हिजोको अफिमबादी लालध्वज र अहिलेका डा. भट्टराईमा त्यति फरक भेटिएन । अझै उनी मेरो संस्कारीक उपमाको राम बिहिन “बाबु भट्टराई”  बनेको देखे । यस नामबाट नत राम राज्य नै रहन्छ नत नेपालमा हिन्दुधर्मको भविष्य नै छ । 
 
कुनै पनि ब्यक्ति संसारको जुनसुकै कुनामा जाओस । उसको राष्ट्रियताको पहिचान भनेको उससँग नेपालबाट आएको संस्कार हो । त्यो संस्कार हाम्रो सामाजीक बिज्ञानबाट प्राप्त हुन्छ । जसमा हाम्रो रितीथिती, संस्कृती, चालचलन र भेषभूषा मिसिएको हुन्छ । यसैले महामानव बिपी कोईरालाले त्यतिबेला भनेको थिए- 'राष्ट्रीयता माटो र भुगोल हैन, भावना हो ।' यसको अर्थ डा. भट्टराइको भौतिक बिज्ञान भित्र पाउन सकिदैन र उनले अमेरिकामा दिन पनि सकेनन ।
 
हिन्दुधर्मलाई हिजोका दिनमा नचाँहिदो किसिमबाट केही वर्गको गलत परिभाषाको मारमा अहिले हाम्रो धर्म-संस्कार संकटमा छ । यसलाई शिक्षित नेपाली समाजले स्वीकार गरिसकेका पनि छन् । तर यस धर्मका धार्मिक ग्रन्थहरुले दिएको मार्गनिर्देशनले हिन्दुधर्मलाई केवले मानव कल्याणको धर्मको रुपमा चित्रण गर्छ । जसले सत्य र न्यायको कुरा गर्छ । रामराज्य र रावण वा दैत्य समाजको पाठ  सिकाउँछ । यस्तो धर्म र नेपाली संस्कारका बारेमा प्रहार गरेर डा. भट्टराइ के फाईदा ? यसको स्वार्थ अहिले नभन्नु भन्दा पनि भविष्यमा उनको ईतिहासले बताउने नै छ । 
 
हिजोअाज समाज-बिज्ञानलाई बिज्ञानको पनि ज्ञानको रुपमा विश्वका सवै राष्ट्रले स्वीकार गरी सकेको अवस्था छ । यसमा पनि पूर्वीय दर्शनका चार बेदहरु, गीता र उपनिसदहरुलाई ज्ञान र आदर्शका स्रोतको रुपमा लिने गरिन्छ ।
 
यी धार्मिक ग्रन्थले समाजलाई हिंसाले होईन सदभावले चलाउनु पर्छ भन्ने मान्यता दिन्छ । मानवलाई दानव हैन कल्याणकारी र दानी बनाउन निर्दिष्ट गर्छ । यसका अलावा डा. भट्टराईलाइ हिजोको हिंसाको प्रायश्चित गराइ मानसिक शान्ति दिई मोक्ष गराउने काम पनि गर्छ । जसका लागी बाबुरामले साँच्चिकैको राम बन्नु जरुरी देखिन्छ । जसरी उनले भौतिक ज्ञानमा अब्बल छन त्यसै गरी पुर्वीय ज्ञान समाजशस्त्रीय खोजको जरुरी छ, जसका लागि अमेरिका र युरोपका साथै एकपटक केहि महिना काँशी (बनारस) बसेर ज्ञान लिनु अझै राम्रो हुनेथियो ।