मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सामाजिक सञ्जाल नीति बनाउन जोड

सामाजिक सञ्जाल नीति बनाउन जोड


काठमाडौँ । महिला हिंसा न्यूनीकरणका लागि सामाजिक सञ्जाल नीति बनाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् । 
 
राष्ट्रिय महिला आयोगले मंगलबारआयोजना गरेको ‘महिला हिंसा तथा अपराध नियन्त्रण र समसामयिक विषयमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सामाजिक सञ्जालको प्रयोग बढेसँगै बलात्कार तथा महिला हिंसामासमेत वृद्धि भएको हुँदा यसको न्यूनीकरणका लागि सामाजिक सञ्जाल नीति ल्याउनुपर्नेमा जोड दिएको छ । 
 
सो अवसरमा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सामाजिक सञ्जालबाट हुने घटना न्यूनीकरणका लागि परिवारस्तरबाटै सचेत हुनुपर्छ भन्दै घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनीकरणका लागि महिला आयोगले हरेक सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिए । 
 
महानगरीय प्रहरी परिसर हनुमानढोकाका महिला विभागकी प्रहरी उपरीक्षक किरण राणाले घरेलु हिंसा र अपराधका घटना न्यूनीकरणका लागि ७७ वटै जिल्लामा सञ्जाल गठन भएको बताउँदै आव ०७४/७५ मा यससम्बन्धी एक हजार ४०० घटना दर्ता भएको जानकारी दिइन् । 
उनका अनुसार, सबैभन्दा धेरै बलात्कारका उजुरी प्रदेश नं १ बाट र सबैभन्दा कम प्रदेश नं ६ बाट पर्ने गरेको छ । ती सम्बन्धी अधिकांश घटना दिउँसो १२ बजे देखि साँझ ६ बजेसम्म हुने गरेको छ । हाल विभागले लैङ्गिक हिंसा नियन्त्रणका लागि विद्यालयस्तरीय कार्यक्रम आयोजना गर्दै आएको प्रहरी उपरीक्षक राणाले बताइन् । रासस