मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्लोरेन्स आधींका कारण २३ जनाको मृत्यु, क्षतिको विवरण अझै आउन बांकी

फ्लोरेन्स आधींका कारण २३ जनाको मृत्यु, क्षतिको विवरण अझै आउन बांकी


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको पुर्वी क्षेत्रमा आएको फ्लोरेन्स नामक आंधीवाट २३ जनाले ज्यान गुमाएका छन् । यो आंधीको असर कम हुदैं गएपनि क्षति अझ बढ्न सक्ने उद्धारकर्ताहरुले वताएका छन् । नर्थ र साउथ क्यारिलोना राज्य आधंीको चपेटामा परेका थिए । बर्षा हुने क्रम अझै नरोकिएकाले क्षतिको पुर्ण विवरण आईपुगेको छैन ।
 
त्यहांका कतिपय स्थानिय नदीमा पानीको बहाव अत्याधिक हुदां खतरा स्थिति कायमै छ । उक्त आंधीका कारण करिव १५ लाखलाई सुरक्षित स्थानमा जान सल्लाह दिईएको थियो । 
 
आंधीले कयौंको घर र व्यवसायमा पनि असर पारेको छ । कयौं सडकहरु अवरुद्ध भएका छन् । रुखहरु ढलेका छन् सडक पानीमय भएको छ । स्थानिय यातायात विभागले हाललाई नर्थ क्यारिलोना भ्रमण नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
 
त्यहां विशालु सर्पको समेत जोखिम वढेको छ । कयौं स्थानमा विद्युत आपुर्ति बन्द भएको छ । उद्धारकर्ताहरु त्यहां जुटिरहेका छन् ।
 
नर्थ र साउथ क्यारिलोनामा नेपाली समुदायको वस्ती पनि बाक्लो छ । यो आंधीवाट नेपाली कति प्रभावित भए नभएकोे जानकारी आएको छैन ।