मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्व प्रधानमन्त्री डा.भट्टराई प्रतिको अभद्र व्यवहारको ह्युस्टनमा भर्त्सना

पूर्व प्रधानमन्त्री डा.भट्टराई प्रतिको अभद्र व्यवहारको ह्युस्टनमा भर्त्सना


हिमालयखबर संबाददाता-
ह्युस्टन , टेक्सास । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विरोधमा हालै टेक्सासको डालसमा गरिएको अभद्र र अशिष्ट व्यवहारको ह्युस्टनका युवाहरुले भर्त्सना गरेका छन् । 
 
हिजो साँझ यहाँ आयोजित  एउटा कार्यक्रममा नेपाली युवाहरुको संस्था नेप्लिज हेरिटेज युनियनले त्यस्तो कार्यले नेपाली कसैलाई पनि फाइदा नगर्ने भन्दै अमेरिका जस्तो प्रजातान्त्रिक र मानव अधिकारमा अग्रणी मानिएको देशमा बसेर गरिने विरोध प्रदर्शन सभ्य र शिष्ट हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेको छ । 
 
डा. भट्टराई हिजै मात्र ह्युस्टन आएका हुन् । उनले ह्युस्टनको शहरी विकास सम्बन्धी जानकारी लिनुका साथै  र नासाको समेत अवलोकन गरे । 
 
सतिष त्रिपाठीको सक्रियतामा यहाँ आयोजित अन्तरक्रियामा डा. भट्टराईले आफ्नो अमेरिका भ्रमणको उदेश्य बताउँदै यहाँबाट प्राप्त गरेको ज्ञान र सुझाव नेपालको विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे । 
 
कार्यक्रमका सहभागीहरुले अमेरिकी विकासको संरचना , प्रशासनिक प्रक्रिया र जवाफदेहिताको प्रशंग उल्लेख गर्दै नेपालमा सुशासन र जवाफदेहिता नभएकोमा तिखो टिप्पणी गरे । 
 
सहभागीहरुले नेपालमा राजनीतिक र साँसस्कॢति परिवर्तन भएपनि मानसिकता र सोचमा कुनै परिवर्तन हुन नसकेको,इमान्दारिता र जवाफदेहिता नभएकोले नै अपेक्षित विकास नदेखिएको टिप्पणी गरेका थिए । 
 
स्थानीय आसियाना रेष्टुँरामा आयोजित कार्यक्रममा प्राध्यापक, इन्जिनीयर, व्यवसायी, पत्रकार,  स्थानीय सिटीमा कार्यरत अधिकारीहरुको उपस्थिति थियो । झन्डै तीन घन्टा चलेको सो कार्यक्रम निक्कै शान्त र शालीन थियो ।