मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


पर्सा । पर्साको ठोरी गाउँपालिकामा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । 
 
पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो ।
 
पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ । 
 
पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी बर्सेनि पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।