मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कमरेडको घेराभित्र !

कमरेडको घेराभित्र !


ऊ त्यो बबुरो
एका बिहानै मिरमिरेमा
ऑगनको डिलमा उभियो
सोध्यो कोही पाहुनाहरु
अनि दियो सूचना उनिहरुलाइ
अनुमति विना एक कदम नसार्नु
तिमीहरु छौ कमरेडको घेराभित्र !
 
बबुरो बोल्यो निरन्तर
देश बुर्जुवा शिक्षाले बिगार्यो
भारतीय बिस्तारवादले बिगार्यो
अमेरिकि साम्राज्यवादले बिगार्यो
राज्य सत्तावादले बिगार्यो
यि सारा वादको बिरुद्दमा 
यो हो हाम्रो आन्दोलन
तिमिहरु छौ कमरेडको घेराभित्र !
 
बबुरो सिक्रिक्क सिगान तान्यो
अन्दाजी एघार वर्षको देखिन्थ्यो
पॉच कक्षाको बुर्जुवा शिक्षा मै
मानौ कुनै बिज्ञापनमा पारंगत उ
कसरी बुझ्न सक्नु यि मथिंगलहरुले
समाजशास्त्र र राजनीतिशास्त्रका सीध्दान्त
निस्क्रिय पार्दै आदेश दियो
तिमिहरु छौ कमरेडको घेराभित्र !
 
अहिले साम्राज्यवादी मुलुकहरुमा
हरपल कमरेडहरु भेटिदा
कमरेडको घेरा फराकीलो भो
उही बबुरोको यादमा प्रश्हरु
आजकल बबुरो के गर्दो हो ?
बिस्तारवादी मुलुकतिर पस्यो कि ?
कमरेडको गाउँमा बस्यो कि ?
सिंहदरबार गयो कि ?
प्रदेशको साम्सद भयो कि ?
खाडी मुलुक पो छिर्यो कि ?
फेरी बन्दूक़ पो भिर्यो कि ?
मानसपटलमा छ बबुरोको चित्र
सम्झदै छु कमरेडको घेराभित्र !
 
••••••धन्यवाद•••••