मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्मला हत्या पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान हुनुपर्छ : पाठक

निर्मला हत्या पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान हुनुपर्छ : पाठक


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।
 
रिपोटर्स क्लबले आइतबार गरेको साक्षात्कारमा उनले भने, ‘घट्ना भएको आज ५२ दिन भइसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ ।’
 
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नै अनुसन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिसकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भए पनि त्यसो नगरिएको उनको गुनासो छ । 
 
उनले भने, ‘यस्ता किसिमका घट्नाको अनुसन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोधसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । ट्राफिक, र शान्ति सुरक्षालगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।’
 
उनले निर्मला पन्तको हत्या घट्नाबारे डीएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे । उनले भने, ‘छानबिनको लागि डीआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुसन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ ।’
 
पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकार विरुद्धका घट्नाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ ? र सरकार कहाँ छ भन्दै प्रश्न गरे । उनले भने,‘एउटा घट्नाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमा पनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?’
सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए । उनले आफूले यस घटनाबारे प्रधानमन्त्रीलाई गलत ‘बिफ्रिङ’ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे ।
 
भट्टले अघि भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको बारेमा राज्य गम्भिर बन्नुपर्छ । सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । घट्नाको बारेमा अहिले जे जस्ता कुराहरु आइरहेका छन्, यसबारेमा पनि छानबिन हुनुपर्छ ।’ उक्त क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले निर्मलाको न्यायको लागि निरन्तर आवाज उठाइरहेको पनि उनले स्पष्ट पारे ।
 
कार्यक्रममा अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाएकी छिन् । 
 
त्यस्तै अर्की अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुसन्धान गर्नु नै आपत्तिजनक रहेको बताइन् ।
 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् ।