मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डा. भट्टराइको उपस्थितिमा शनिबार ड्यालसमा कार्यक्रम हुँदै

डा. भट्टराइको उपस्थितिमा शनिबार ड्यालसमा कार्यक्रम हुँदै


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइ शुक्रबार  ड्यालस अाउँदैछन् ।
 
अमेरिकाका बिभिन्न शहरमा रहेका नेपालीहरूसँग अन्तरकृयाका लागि डा. भट्टाराइ अमेरिका अाएका हुन् । दुइ दिन अघि राजधानी वासिङटन डिसीमा नेपाली समुदायसँग छलफल गरेका थिए । 
 
एनअारएन टेक्ससको अायोजनामा शनिबार ड्यालसमा भट्टराइले अन्तरकृया गर्नेछन् । दिउँसो ४ नेपाली समाजको हलमा कार्यक्रम हुनेछ । 
 
भ्रमणको विरोधः
डा. भट्टराइको अमेरिका भ्रमण सहज नहुने परिस्थिति देखिएको छ । नेपाली समुदायका केही व्यक्तिहरू पुर्वप्रधानमन्त्री भट्राईलाई स्वागत होइन विरोध गर्ने पक्षमा छन् । एनअाएनकै केही पदाधिकारीहरूले डा. भट्टराइको विरोध गरिरहेका छन् । 
 
एनआरएन अमेरिकाका कार्यसमितिका सदश्यहरुले नैभट्टराई को कार्यक्रमको विरोध गरेका छन् ।  यी सोसियल मिडियामा पनि आएका छन् । 
 
अमेरिकामा बस्दै अाएका कयौं र तिनका परिवार माओवादी युद्धमा पीडित भएकालेपनि उनी प्रति थुप्रै प्रश्नहरु छन् । नेपाली समुदायसंग अन्तकृया गर्ने भनेर पुर्व प्रधानमन्त्री भट्टराई एक महिना लामो अमेरिका भ्रमणमा आएका हुन् । केही स्थानमा नेपाली कांग्रेस समर्थक र माओवादी पिडितले भट्टराईको कार्यक्रममा विरोध जनाउने तयारी गरेका छन् ।
 
माओवादी द्धन्द्धको क्रममा हजाराै नेपाली कांग्रेस समर्थक विस्थापित भएका थिए । केहीलाई साह्रै निर्दयी रुपमा हत्या गरिएको थियो । यसमा लम्जुङका स्कुल हेडमास्टर मुक्तिनाथ अधिकारी पनि पर्छन ।
 
नेपाली राजनीतिमा डा भट्टराइको सार्दभिकता सकिएको र उनी अब प्रधानमन्त्री हुने अवस्था पनि नहरेको बताउनेहरु पनि छन् । माओवादी युद्धका वेला सामुहिक खेती कम्यून लगायत थुप्रै प्रयोगहरु भएका थिए । तर, माओवादी सत्तामा आएपछि ती सबै समाप्त भए । 
 
माओवादी नेताहरु केही वर्ष यता सुविधा सम्पन्न जीवन यापन गर्दै छन् । केहीलाई भष्ट्रचारको आरोप पनि लागेको छ । भनाई र गराईको फरकले पनि बाबुराम लगायत उनको बिचारको सान्र्दभिकता सकिएको हो ।
 
संसदको गत निर्वाचनमा नेपाली कांग्रेसकै समर्थनमा डा बाबुरामले जितेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले गोरखा पुगेर भट्टराइको पक्षमा भोट मागेका थिए । जसले गर्दा उनले जितेका थिए । 
 
अहिले बाबुराम र कांग्रेसका बीच अघोषित एकता छ । त्यसैले यो बेला अमेरिकामा नेपाली कांग्रेस समर्थकले डा बावुरामलाई विरोध गर्नुको कुनै तुक र औचित्य छ छैन भन्ने कुरा पनि उठेको छ । 
 
नेपालवाट आउने राजनीतिक नेताको अमेरिकामा विरोध नयाँ भने होइन । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराललाई न्यूयोर्कमा कालोझण्डा देखाईएको थियो । एमालेका मन्त्री रविन्द्र अधिकारीलाई हत्या अभियोग लागेका बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिएकोमा जनसम्पर्क समितिले ज्ञापन पत्र वुझाएको थियो ।