मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपाली युवाद्धारा पुलबाट फाल हालेर आत्महत्या

अमेरिकामा नेपाली युवाद्धारा पुलबाट फाल हालेर आत्महत्या


हिमालयखवर संवाददाता
सानफ्रान्सिस्को (अमेरिका) – अमेरिकाको क्यालिर्फोनियामा बस्दै अाएका नेपाली विद्यार्थी सन्जित भट्टले पुलवाट हामफालेर आत्महत्या गरेका छन् । घरमा सुसाइट नोट छाडेर सनफ्रान्सिस्को नजिक सान राफेलपुलवाट हाम फालेर उनले आत्महत्या गरेको स्थानीय प्रहरीले जानकारी दिएको हो ।
 
सन्जित कन्ट्राकोष्टा कम्यूनिटी कलेजवाट पढाई सकाएर यूनिभर्सिटीमा जाने तयारी थिए । उनले ट्याक्सी जस्तै सेवा दिने उवर र लिफ्ट पनि चलाउँदै आएका थिए । उनको शव प्रहरीले फेला पारेको थियो ।
 
परिवारसँग वस्दै आएका सन्जितले के कारणले आत्महत्या गरे भन्ने स्पष्ट भएको छैन । घरमा आमाले पकाएको खाना खाएर काममा जान्छु भन्दै उनी हिडेका थिए । 
 
उनको कोठामा सुसाइट नोट भेटिएपछि घरवाट उनको सोधखोज सुरू भएको थियो । नेपालमा नवलपरासीको परासी बजारका भट्ट लामो समय देखि अमेरिका बस्दै आएका थिए । घरमा भेटिएको सुसाइड नोटमा आफु जीवनदेखि बिरक्तिएर हुँदा गोल्डेनगेट ब्रिजवाट हाम फाल्न गएको लेखिएको थियो ।
 
तीन वर्ष पहिले पनि गोल्डेनगेट पुलबाट फाल हालेर काठमाडौंका क्षितिज श्रेष्ठले आत्महत्या गरेका थिए। टेक्ससमा बस्दै आएका श्रेष्ठ सानफ्रान्सिस्को विमानस्थल ओर्लेर सिधै उक्त पुलमा पुगेर फाल हालेका थिए। उनको शव एकसातापछिमात्र ३० माइल टाढा कन्ट्रीकोस्टा भन्ने ठाउँमा फेला परेको थियो।
 
प्रशान्त महासागरमाथि बनेको गोल्डेनगेट पुल क्यालिफोर्नियाको प्रमुख आकर्षण हो। यो पुल हेर्न बर्षेनी लाखौं विदेशी पर्यटक समेत आउँछन्। 
 
अमेरिकामा नेपाली युवाले ज्यान गुमाउने क्रम बढ्दै गएको छ । केही दिन अघि मात्र टेक्सस ड्लासमा पनि एक जना युवाले आत्महत्या गरेका थिए । यो गर्मी मौसममा पानीमा डुबेर तीन जना युवाको मृत्यु भएको थियो । 
 
कोलोराडोमा केही दिन अघि एक जना नेपाली युवाको प्रहरीको गोलीवाट निधन भएको थियो ।