मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला प्रकरण सरकारको अग्नि परीक्षा : अध्यक्ष केसी

निर्मला प्रकरण सरकारको अग्नि परीक्षा : अध्यक्ष केसी


भीमदत्तनगर । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताएका छन् । 
 
अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भने, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।” 
 
अध्यक्ष केसीले अनुसन्धान लम्ब्याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै “अपराधी लुकाउने षड्यन्त्र भए निर्मलाहरु मारिएका मारियै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन्”, भने । 
 
फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले संघीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा संघीयता आवश्यक नभएको धारणा व्यक्त गरे ।