मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बन्धक बनाई फिरौती माग्ने पक्राउ

बन्धक बनाई फिरौती माग्ने पक्राउ


राजविराज । बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरेको हो । 
 
राजविराज नगरपालिकाका–२ का राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान पछि साहलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 
 
उनका अनुसार छोरीको विवाहका लागि पैसा आवश्यक परेकाले नातामा भाइ पर्ने रामचरित्र यादवलाई गत वैशाख १० गते राजकुमारले सामान्य चिनजान रहेका विन्देश्वरसँग पटना पठाएका थिए । 
 
पटनाका लागि हिँडेका रामचरित्रलाई बीच बाटो मुज्जफरपुरमै बसबाट जबरजस्ती ओरालेर विन्देश्वरले उनलाई रेलबाट मोतिहारी पु¥याई एउटा होटलमा लगेर बन्धक बनाई राखेको अनुसन्धानबाट खुलेको छ । 
 
विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा बन्धक बनाई भारतीय मोबाइल नम्बरको प्रयोग गरेर राजकुमारसँग १० लाख भारतीय रुपैयाँ फिरौती मागेको र रकम नदिए रामचरित्रको हत्या गर्ने पटक पटक धम्की दिने गरेको प्रहरीको भनाई छ ।
 
त्यही अनुसार रामचरित्रका परिवारले नरेशप्रसाद साहका नाममा रहेका वीरगञ्जस्थित प्रभु विकास बैंकमा गत वैशाख १२ गते रु ९ लाख ६० हजार जम्मा गरेका थिए । बैंकमा जम्मा गरिएको सो रकम भोलिपल्टै अर्थात् वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए । 
 
भारतीय प्रहरी र पर्सा प्रहरीसँग सम्पर्कमै रहेका बेला विन्देश्वरलाई अचानक वीरगञ्जमा देखापरेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरी सप्तरी ल्याइएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । 
 
पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा रेञ्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्रसमेत फेला परेको पनि उनले जानकारी दिए । रासस