मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जबर्जस्ती करणी गर्न खोज्ने एक वृद्धको प्रतिकारमा मृत्यु

जबर्जस्ती करणी गर्न खोज्ने एक वृद्धको प्रतिकारमा मृत्यु


रामेछाप । रामेछापकी एक तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । 
 
आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो । 
 
बिहीबार बिहान करिब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिइन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । 
 
घटनामा प्रयोग भएको रडसहित किशोरीले करिब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ ।