मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अादीबासी चलचित्र महोत्सव अन्तिम चरणमा

अादीबासी चलचित्र महोत्सव अन्तिम चरणमा


न्यूयोर्क (अमेरिका) –  नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले गत वर्षदेखि सुरू गरेको "नेपाल आदिवासी चलचित्र महोत्सब" को यो वर्षको संस्करणलाइ अन्तिम चरणमा पुर्याएको छ । 
नेपालको आदिवासी जनजातिहरुको भाषा, संस्कृति र रिति-रिवाज हरुको संरक्षण, सम्बर्दन तथा संवर्धनका लागि बन्ने चलचित्रहरूलाइ सहयोग पुर्याउने र आदिवासी चलचित्रकर्मीहरुलाई सहयोग तथा प्रोत्शाहन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको हो । 
 
महासंघले यहि सेप्टेम्बर १५ र १६ न्युयोर्क क्विन्सको गुल्सान तेर्रास हलमा "नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८" आयोजना गर्न लागेको छ । महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको नेपाल अादीवासी जनजाती महासंघ अमेरिकाले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । 
 
महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि "आदिवासी चलचित्र महासंघ, नेपाल" केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा, भुपेन्द्र गुरुङ, अरुण प्रधान र सिर्जना सुब्बा सदस्य रहेको ५ सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो | नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदाय बाट दर्ता भएको ४६ पूर्ण तथा छोटो चलचित्र एबम डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो | 
महोत्सबको लागि ९ वटा लामो चलचित्र, ३ शर्ट फिल्म र २ डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको छ | 
 
नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८ का लागि छनौट भएको चलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि न्युयोर्क तथा न्युजर्सीमा कृयाशिल संचारकर्मी, कलाकार शैलेश श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय निर्णायक समिति गठन भएको छ । समितिमा शम्भु मोक्तान, लीला राई, रोज मोक्तान र छिरिङ्ग रिन्जिन गुरुङ सदस्य छन् ।
 
त्यसै गरि महोत्सबमा सहभागी छोटो चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिपनाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक समिति गठन भएको छ । 
 
महोत्सवमा उत्कृष्ठ चलचित्रहरूका लागि नगद पुरस्कारको व्यबस्था गरिएको विज्ञप्तिमा जनाइएको छ । 
 
त्यसैगरि अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको सास्कृतिक सस्था अथवा महासंघको सदस्य सस्थाहरुलाई बृहत रुपमा सहभागी गराउन यो वर्ष महोत्सबको पहिलो दिनको साँझ "आदिवासी सास्कृतिक कार्यक्रम" को आयोजना हुँदैछ । जहाँ फिपनाको सदस्य सस्थाहरुले आ-आफ्नै जातिय सस्कृति झल्किने सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु हुने छ । जसलाई आकर्षक र प्रेरित गर्न कार्यक्रममा उपस्थितहरुको मतको आधारमा पाँचसय डलर नगद पुरस्कार सहित उत्कृष्ठ प्रस्तुति पुरस्कार प्रदान गरिने छ ।