मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारबाहीमा

मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारबाहीमा


बर्दिया । सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जना प्रहरीलाई कारबाही गरिएको छ । 
 
जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारबाही गरिएको जनाएको छ । 
 
कारबाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान एक जना रहेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । 
 
जिल्लाको शान्तिसुरक्षासहित आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन, महिला हिंसा, लैङ्गिक हिंसा, आत्महत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताए । 
 
नागरिकमैत्री प्रहरी सेवाप्रति आफू सदैव समर्पित रहेकोमा पनि प्रहरी उपरीक्षक मैनालीले जोड दिए ।