मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डलर महंगो हुदां नेपालको समस्या

डलर महंगो हुदां नेपालको समस्या


नेपालको अर्थतन्त्रको मुख्य समस्या पनि वढ्दो व्यापार घाटा नै हो । नेपालले विदेशमा विक्री गर्ने वस्तु र विदेशवाट आयात गर्ने वस्तुको मूल्य विचको अन्तरनै व्यापार घाटा हो ।
 
नेपालले गत आर्थिक बर्ष ८१ अर्ब १९ करोड रुपैंयाको वस्तु विदेशमा निकासी गरेको थियो । तर, विदेशवाट झण्डै १२४३ अर्ब रुपैंयाको समान किन्यो । जसले गर्दा नेपालको व्यापार घाटा ११६१ अर्ब ६४ करोड रुपैंया छ । पेट्रोलियम पदार्थ, गाडी र पार्ट पुर्जाको आयातमै ठुलो हिस्सा खर्च भईरहेको छ । यस हिसावले अमेरिकी डलर महंगो हुदां पेट्रोलियम पदार्थ देखि विदेशवाट आउने जुक्ता चप्पलसम्म महंगो पर्छन ।
 
यस्तो व्यापार घाटा भएको देशका लागि डलर महंगो हुदां नोक्साननै वढी छ । महंगो डलर र आयात व्यापार  यही रुपमा बृद्धि भईरह्यो भने नेपालको अर्थतन्त्र धरासायीपनि वन्न सक्छ ।
 
डलर बृद्धि हुदां रेमिट्यान्स आउने क्रम वढ्छ । यो भने सकरात्मक पक्ष हो । गत आर्थिक बर्ष ७५५ अर्ब रुपैंया बरावरको रेमिट्यान्स नेपाल आएको थियो । यो रेमिट्यान्स भन्दा आयात निकै वढी भएकाले डलर मूल्य बृद्धिले नेपालको अर्थतन्त्रलाई नोक्साननै वढी छ । विदेशी ऋण सांवा व्याजको भुक्तानी, विदेशमा पढ्न जाने विद्यार्थी, डलर लिएर विदेश घुम्न जाने नेपालीलाई डलर बृद्धिले नोक्सान छ ।
 
नेपालले डलरको उतार चढावलाई कागलाई बेल पाक्यो हर्ष न विस्मातका रुपमा लिएको छ । डलर र भारुको मूल्य जे तय हुन्छ यही नेपाली रुपैंयाको अनुपातमा नेपालमा कायम छ । १५ बर्ष अघि डा पन्तको टिप्पणीको आशयपनि यही थियो । अहिलेपनि अवस्था फेरिएको छैन ।
 
डलरको यो उतार चढावलाई हेरेर भारु र नेरु विच विनिमय दरलाई कसरी सान्दर्भिक वनाउने अहिले यो अर्थतन्त्रका लागि सवैभन्दा ठुलो चुनौती हो । यो चुनौतीलाई नस्विकार्ने हो भने नेपालको स्वतन्त्र मौद्रिक नीति अपनाउने सकिदैंन । र नेपालको चिन्ताजनक अवस्थामा रहेको व्यापार घाटापनि सुध्रिने छैन ।
(स्रोत १२खरीडटकम)