मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

टेक्ससमा सुनील थापा

टेक्ससमा सुनील थापा


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-“नेपाली चलचित्र अन्तर्राष्ट्रिय गुणस्तरको भइसकेको छ । यसलाई अझ अग्रस्थानमा पुर्याएर हाम्रो गन्तव्य ओस्कर सम्म  हामी पुग्न सक्छौं ।” यो विश्वास सुपरिचित चलचित्रकर्मी सुनील थापाको हो ।
 
 टेक्सस, अमेरिकाको ड्यालसमा गत आइतबार सॉझ आयोजित एक कार्यक्रममा सुनील थापाले सबैसंग नेपाली चलचित्रलाई माया गर्न र हलमै गएर नेपाली चलचित्र हेरिदिन आग्रह गरे ।उनलाई नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले स्वागत गरेका थिए भने निर्देशक नारायण पुरीले थापाको सांगोपांग परिचय दिएका थिए । 
 
हिमालय खवरका शैलेश आचार्यसंग संवादको शैलीमा सम्पन्न सो कार्यक्रममा सुनील थापाले आफू सम्वद्ध विभिन्न विषयमा जानकारी गराएका थिए । भारतीय सेनामा प्रवेश गर्दा बुवा गणेश बहादुरको जातै परिवर्तन भएको रोचक जानकारी दिदै थापाले आफूहरु मूलत: पाल्पाका गुरुंग भएको बताए ।
 
प्रारम्भमा फूटबल खेलाडी एवं खेलकूद पत्रकार रहेका सुनीललाई विख्यात हिन्दी चलचित्रकर्मी देवानन्दले साहेब बहादुरबाट चलचित्रमा ल्याएका हुन । एक दूजे के लिए , मेरी कोम जस्ता कीर्तिमान हिन्दी चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका थापा चिनोबाट नेपाली चलचित्रमा आएका हुन । उनले चार दशक लामो अभिनय यात्रामा सयौं चलचित्रमा काम गरिसकेका छन । हाल उनी नेपाली एवं भारतीय चलचित्रहरुमा निरन्तर सक्रिय छन ।