मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको


कोलोराडो (अमेरीका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आगामी कार्यकालका लागी नयां कार्यसमिती चयनगर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ ।
 
संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा हालै सम्पन्न कार्यसमितीको बैठकले सर्वसम्मत तरिकाबाट तिन सदस्यहरुको नाम सिफारिसको हो । 
 
रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठीको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा नेपालका वरिष्ठ पूर्व प्रशासक मुकुन्द अधिकारी, र गायक एबं संगीतकार शुरेसचन्द्र प्रदान रहेका छन् ।
 
बर्तमान कार्यसमितीको कार्यकाल लक्ष्मी जयन्तिकादिन समाप्त हुने हुनाले, लक्ष्मी जयन्ति सम्म आगामी दुईबर्षे कार्यकालकोलागी  निर्वाचन सम्पन्न गरि नया कार्यसमितीका पदाधिकारीहरुको नाम घोषणा गरिसक्न निर्वाचन समितीलाई अधिकार प्रदान गरिएको संस्थाका महासचिव श्याम श्रेष्ठले बताएका छन् ।
 
नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ भन्दा बढि देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर २००३ सालमा गठन गरिएको हो ।