मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह

नेपालको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्सा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्यरुपमा प्रयोग गर्न आग्रह गरेकी छन् । 
 
मन्त्रालयले आइतबार आयोजित नक्सासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्साको प्रयोगले मात्र देशको राष्ट्रियता अभिवृद्धि हुने बताइन् । 
 
विभिन्न संघसंस्थाले विभिन्न वेबसाइट तथा विद्युतीय प्रविधिबाट बनाएको नक्सा त्रुटिपूर्ण रहेकाले त्यस्तो विषयमा संवेदनशील बन्न आग्रह गर्दै उनले देशको अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले प्रकाशन गरिएका नक्साको खरिद बिक्री गर्नेलाई दण्डित गरिने चेतावनी दिए । 
 
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सरकार मातहत तथा अन्य सम्पूर्ण कार्यालयमा आधिकारिक नक्सा प्रयोग भए / नभएको छानबिन गर्न कार्यदल गठन गरिने जानकारी दिए ।  नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गत वर्ष असोज २ गते ‘गोरखापत्र’ले प्रकाशनमा ल्याएको नक्सामा कालापानी छुट्न गएको र पछि विभागले खोजी गरेपछि सो विषयमा सच्याइएको जानकारी दिए । (रासस)