मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अस्पतालको गैरजिम्मेवारीले सर्पले टोकेका बालकको मृत्यु

अस्पतालको गैरजिम्मेवारीले सर्पले टोकेका बालकको मृत्यु


चितवन । करेत सर्पले टोकेर उपचारका लागि भरतपुर ल्याइएका भरतपुर–१५, मंगलपुरका तीन वर्षीय बालक सलिन विकको अस्पतालकै त्रुटिबाट मृत्यु भएको देखिएको छ । 
 
भदौ २० गते सर्पले टोकेर ल्याइएका बालकलाई भरतपुर अस्पतालका डाक्टरले आईसीयू खाली नभएको भन्दै अन्य अस्पताल पठाएका थिए । बालकका परिवारजनले पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक, निको हुँदै नयाँ मेडिकल कलेज लगेका थिए । तर, पाँचवटै अस्पतालमा उपचार भएन । 
 
उपचारमा ढिलाइ भएकै कारण बालकको मृत्यु भएपछि प्रशासन कार्यालय चितवनले पाँचवटै अस्पतालबाट त्रुटि भएको भन्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ । लिखित जवाफ आएपछि थप अनुसन्धान गरेर कानुनी प्रक्रिया अपनाउने प्रजिअ जितेन्द्र बस्नेत बताउँछन् । 
 
बालकका् मृत्यु भएपछि प्रहरी र भरतपुर महानगरले संयुक्त अनुगमन गरेका थिए । अनुगमनका क्रममा कुनै अस्पतालका कर्मचारीहरूमा मानवीय संवेदना नदेखिएको प्रजिअ बस्नेतले बताए । 
 
पाँचवटा अस्पतालमा उपचारका लागि भौंतारिए पनि कहीँ पनि उपचार नहुँदा नातिको मृत्यु भएको बलराम विकले बताए । 
 
यसैबीच, अस्पतालको लापरबाहीकै कारण बालकको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गर्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले प्रजिअसमक्ष ज्ञापनपत्र बुझाएको छ । 
 
भरतपुर अस्पताल र अन्य अस्पतालबीच समन्वयको अभाव भएकै कारण सर्पदंशका बिरामीको ज्यान गएको भरतपुर महानगरले ठहर गरेको छ ।