आँगनबाट फड्केर सात समुन्द्र पारि
तीज उस्तै गरि उर्लन्छ भदौरे भेलमा
तिथी मिती अनि रिति त उस्तै नै त हुन्
मात्र थिती बदलिन्छ अनेकौ भेषमा I
आमा तिमी पनि बदलिएकै त छौ नि
न घिउ, न पोकामा आनती साँचेकी छौ
न दर खान औंसीको आधा रात कुर्नुपर्छ
छोरीको बाटो नहेरी बुहारीसँग नाचेकी छौ I
अब तिम्रो पालामा जस्तो मिठो खानलाई
बर्ष दिनको तीज नै कुर्न पर्दैन मेरी आमा
बेदनाको आवाजहरु उकेल्नका लागि
बाबाको आँगनी नै धाउन पार्दैन मेरी आमा I
तीजमा मात्र हैन मैले चाल्ने हर पाइलामा
माइतीको साथ् र घरको आँट चाहन्छु
तिरस्कार खेपेकी दिदीको मात्र हैन अब
बलत्कार भोगेकी बैनीको न्याय चाहन्छु I
म बिन्ति गर्छु यो तीजमा,
छोरी चेली पीडित हुँदा कुर्लने बाबाहरु
मेरो बाबाले जस्तै छोरी सक्षम बनाइ दिनु
छोरीलाइ संघारभित्रै कैद गर्ने मेरा आमाहरु
छोराहरुलाई राम्रो संस्कार सिकाई दिनु ।
तीजमा निलाहार ब्रत बस्ने दिदीबैनीहरु
छोरा,भाइ,भतिजा हरुक लागि प्रार्थना गरुन
हक अधिकारका लागि लड्ने ती नारीहरु
ठुला ठुला जमघटहरु अब झुपडी तिरै सरुन ।
प्लानो, टेक्सास
प्रतिक्रिया