मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जापानी नागरिकसहित सातजना सवार अल्टिच्युडको हेलिकोप्टर दुर्घटना

जापानी नागरिकसहित सातजना सवार अल्टिच्युडको हेलिकोप्टर दुर्घटना


गोरखा । गोरखाको सामागाउँबाट शनिबार बिहान छ नेपाली र एक जापानी नागरिकसहित सातजना यात्रु बोकेर काठमाण्डौँका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
 
सो हेलिकप्टर नुवाकोट र धादिङको सिमानामा पर्ने धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको ऋयहरीले जनाएको छ । 
 
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ काल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । कोमात्सुको पासपोर्ट नम्बर TK-713612068 रहेको अल्टिच्युट एयरले जनाएको छ । 
 
धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टर कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण भने आइनसकेको बताए । उनले  भने, ‘हेलिकोप्टर दुर्घटनाको जानकारीमा आउनासाथ प्रहरी टोली खटाइसकिएको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना भन्ने खुलेको छैन ।’
 
गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट काठमाडौँ फर्किँदै गर्दा हेलिकप्टर सम्पर्कविहीन भएको थियो । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।
 
काठमाडौँ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौँ आइपुग्नुपर्ने समय थियो ।
 
खोजी तथा उद्धारका लागि काठमाडौँबाट बिहान आएको अल्टिच्युडको हेलिकप्टर खराब मौसमका कारण त्यहाँ बस्न नसकेर काठमाडौँ पुगेर दोस्रोपटक पनि अवतरण हुन नसकेर फर्किएको बताइएको छ ।