मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्क टाइम्सको वेनामी सम्पादकीय र विवाद

न्यूयोर्क टाइम्सको वेनामी सम्पादकीय र विवाद


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकाको प्रभावशाली पत्रिका द न्यूयोर्क टाइम्सले छापेको बेनामी लेख प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गरेका छन् । टाइम्सले ह्वाइट हाउसका अधिकारी मात्र उल्लेख गरि ‘आई एम पार्ट अफ द रेसिस्टेन्स इनसाइड द ट्रम्प ऐडमिनिस्ट्रेशन’ शिर्षकमा बुधवार बेनामी लेख प्रकाशित गरेको थियो ।
 
उक्त लेखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यशैली प्रति नकारात्मक टिप्पणी गर्दै उक्त पदका लागि योग्य नरहेको दावी गरिएको छ ।
 
पत्रिका त्यसमा पनि विश्वमै सार्वाधिक उदाहरण दिइने टाइम्समा बेनामी प्रकाशित हुनु लेख दुर्लभ मानिन्छ । नाम दिँदा ती ह्वाइट हाउसका वरिष्ठ कर्मचारी कारवाहीमा पर्ने हुँदा लेखमा नाम उल्लेख नगरिएको टाइम्स सम्पादकीय समुहले जनाएको छ । तर, अमेरिकाको हितका लागि बेनामी लेख छाप्ने दुर्लभ निर्णय सम्पादकीय समुहले गरेको टाइम्सले जनाएको छ ।
 
लेखमा अमेरिकी राष्ट्रपतिको निर्णयमा एकरुपता नभएको, नैतिकता नरहेको, उनले गर्दै आएका काम कारवाहीले अमेरिकाको गणतन्त्रनै धरापमा पर्ने हो कि भन्ने जोखिम पनि बढेको उल्लेख छ । 
 
लेखकले आफ्नो जस्तै सोच भएका ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पको गलत कार्यलाई रोक्ने जोखिम उठाउनु पर्ने सल्लाह पनि दिएका छन् ।
 
लेख समान्य भाषामा लेखिएको छ । ह्वाइट हाउसका गोप्यकुराहरु उल्लेख छैनन् । खाली राष्ट्रपतिको काम कारवाही प्रति असन्तुष्टी व्यक्त गरिएको छ ।
 
यस बेनामी लेख प्रति राष्ट्रपति ट्रम्पले भने तिखो प्रतिकृया दिएका छन् । ट्रम्पले बेनामी लेख छाप्नुलाई सम्पादकीय समुहको कायरता भएको टिप्पणी गरेका छन् । ट्रम्पले यदी सांच्चैनै ह्वाइट हाउसका अधिकारीले यो लेख पठाएका हुन भने नाम सार्वजनिक गर्न चुनौती दिएका छन् । 
 
राष्ट्रपति आफ्नो टिव्टरमा यसलाई देशद्रोह भन्दै यसलाई न्यूयोर्क टाइम्सको विफलता भएको उल्लेख गरेका छन् । यदी ती बेनामी व्यक्ति साँत्चै भए भए नाम उपलव्ध गराउनु राष्ट्रिय सुरक्षाका लागि जरुरी भएको ट्रम्पले वताएका छन् ।
 
ह्वाइट हाउस भित्र ती वेनामी व्यक्तिको खोजी शुरु भएको छ । टाइम्सले ती लेखक पुरुष भएको उल्लेख गरेको छ । ह्वाइट हाउसका कर्मचारीले यस्तो लेख लेख्ने कर्मचारीले राजिनामा दिनुपर्ने माग गरेका छन् ।