मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीको तीजमा सिटीका मेयर सहभागी

नेपालीको तीजमा सिटीका मेयर सहभागी


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – ड्यालसमा सांस्कृतिक क्षेत्रमा अलग पहिचान बनाउन तल्लिन इन्द्रेणी सांस्कृतिक संघले यस वर्ष पनि तीज पर्व मनाएको छ ।
 
शनिबार अर्भिङको डिएफडब्लु एअरपोर्ट होटलमा संघले नेपाली महिलाहरुबीच तीज पर्व मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिमा स्थानीय सिटीका मेयर रिक स्टोफर उपस्थित थिए ।
 
रातो ब्लाउज, साडी र गहनाले झकिझकाउ नेपाली महिलाको नाचगानको प्रस्तुति देखेर मेयर स्टोफर निकै खुशी थिए । डेढ घण्टाका लागि भनेर आएका मेयर झण्डै तीनघण्टासम्म नेपाली नाच हेरेर र गीत सुनेर फर्किए ।
 
‘अर्भिङ असाध्यै डाइभर्सिटी भएको सिटीका रुपमा विकास भैरहेको छ,’ स्टोफरले प्रमुख अतिथिका रुपमा संवोधनको क्रममा भने । उनले संसारका बिभिन्न देशबाट आएका बहुभाषिकहरुको आकर्षणको केन्द्र अर्भिङ बनेको उल्लेख गर्दै सिटीले सहयोग गर्दै आएको समेत बताए ।
 
नेपालीहरुको निकै बाक्लो उपस्थिती रहेको अर्भिङ सिटीमा समुदायले गर्ने बिभिन्न कार्यक्रमहरुमा मेयर सहभागी हुँदै आएका छन् । मेयर स्टोफरले नेपाली समुदायका कार्यक्रमहरुमा सकृयताका साथ सहभागी हुनुका साथै सहयोग गर्दै आएका छन् । 
 
इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष ताराप्रसाद भुसालको सभापतित्व तथा महासचिव रुपेश न्यौपाने तथा श्रेया दाहालको संयुक्त सञ्चालनमा भएको कार्यक्रममा लोक गायीका शिला आलेमगर लगायत इन्द्रेणीमा आवद्ध स्थानीय कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए । 
 
इन्द्रेणी सांस्कृतिक संघकी कार्यसमिति सदस्य यमुना भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कमल घले, शेरलिन घले, यमी श्रेष्ठ, डिबी खनाल, सबिता खनाल, वाकत्तबाट आएका एभरेष्ट नेपाल कल्चरल ग्रुपका वर्षा भण्डारी, ठाकुर कोइराला लगायतका थुप्रै कलाकारहरुले प्रस्तुति देखाएका थिए । 
 
संघका उपाध्यक्ष बेदनिधि दाहालका अनुसार ड्यालसमा इन्द्रेणीकै आयोजनामा पहिलोपल्ट तीज आयोजना गरिएको थियो । त्यसपछि वर्षेनी संघले तीज, होली लगायतका कार्यक्रमहरु गर्दै आएको छ । 
 
शनिबार राति निकै अबेरसम्म चलेको सांस्कृतिक कार्यक्रममा नेपाली महिलाहरुले नाचगान गरेका थिए ।