मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका, अब नेतृत्वका लागि को को छन् दाैडमा ?

एनआरएन अमेरिका, अब नेतृत्वका लागि को को छन् दाैडमा ?


हिमालयखवर संवाददाता-
अमेरिका । नेतृत्व त्यसखेर असल मानिन्छ, जब उसले सक्षम व्यक्तिलाई पद हस्तान्तरण गर्छ । गैर-आवासीय नेपाली संघ (एनअारएन) अमेरिकामा अझ यो अवस्था आएको देखिदैंन । यस अघिको निर्वाचनमा डा. केशब पौडेलले आफ्नै टिममा भएका तीन जना उपाध्यक्षसँग प्रतिस्पर्धा गर्नुपर्यो । यो केही अमिल्दो देखिएको थियो ।  
 
डा. पौडेलकै अधिल्लो टीमका एक जना उपाध्यक्ष तथा अध्यक्षमा पराजित उम्मेदवारले चुनावमा धाँधली भयो भनेर अदालतमा मुद्दा हालेकी छिन् । दुई जना पुर्व उपाध्यक्ष र अध्यक्षका प्रत्यासी निष्कृय जस्तै बसेका छन् ।
 
एनआरएन अमेरिका वर्तमान कार्यसमितिको समय सकिन अब करिब एक बर्ष मात्र बाँकी छ । तर, भित्रभित्रै अब को अध्यक्ष हुन्छ भन्ने प्रश्न भने उठ्न थालेको छ । एनआरएन अमेरिका भित्र सकृय व्यक्तिहरु बीच अबको नेतृत्वका लागि उम्मेदवाको खोजी शुरु भएको छ । मौन रुपमा आगामी निर्वाचनका लागि अध्यक्षका आकांक्षीहरुले तयारी पनि थालिसकेका छन् ।
 
डा. पौडेलले यो दोस्रो कार्यकाल हो । उनी आउने कार्यकालका लागि केन्द्र आईसीसीमा जाने पक्षमा छन् । क्षेत्रीय संयोजक गौरीराज जोशी पनि आईसीसीको पदाधिकारीमा जाने इच्छा देखाएका छन् । आईसीसीको गत अधिवेशनमा उपाध्यक्षमा पराजित सोनाम लामा आईसीसी यात्रा रोकियो वा फेरी सुरू हुन्छ स्पष्ट छैन । तर, उपक्षेत्रीय संयोजक नविन शेरचनले पनि माथिल्लो पदमा जाने मनासाय आफ्ना निकट समक्ष राखेका छन् ।
 
यो सन्दर्भमा आउने एनआरएन अमेरिकाको नेतृत्वको निर्वाचनपनि चासोको विषय वन्ने छ । 
 
एनआरएन अमेरिकाको नेतृत्वका लागि अहिले केही आकांक्षी बाहिर देखिएका छन । यसमा वरिष्ठ उपाध्यक्ष सुनिल शाह, राम सी पोखरेलका गतिविधिले उनीहरु नेतृत्वको आकांक्षी हुन भन्ने अनुमान गर्न सकिन्छ । वरिष्ठ उपाध्यक्ष शाह अहिले सम्पर्क विस्तारमा लागिपरेका छन् । सम्पर्क बढाउनकै लागि उनी अहिले अमेरिकाका विभिन्न शहरमा आयोजना हुने गरेका कार्यक्रममा पुग्ने गरेका छन् । यसलाई कतिपयले उनको नेतृत्वका लागि तयारीका रुपमा वुझेका छन् । 
 
अध्यक्ष डा. पाैडेलले केही समयका लागि शाहलाइ कार्यवाहक अध्यक्ष दिएर नेपाल गएका थिए । झण्डै दुइ महिनाको यो अवधिमा शाहका कुनै सप्ताहन्त पनि अाफ्नो थलो ड्यालसमा बितेन । हरेक सप्ताहन्त (शनिबार र अाइतबार) टेक्सस बाहिर हुने कार्यक्रममै उनी व्यस्त रहे । कतिपय हप्तामा त शनिबार एउटा राज्य र अाइतबार अर्को राज्यमा भएका कार्यक्रममा समेत सहभागी भएर सम्पर्क विस्तारमा जोड दिए । 
 
गत निर्वाचनमा शाहले डा. पौडेललाई सघाएका थिए । अहिलेपनि उनी पौडेल पक्षकै मानिन्छन । ड्यालस निवासी शाह वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा जाने इच्छा राख्नु स्वभाविक पनि हो । तर, काठमाडौमा आयोजित एनआरएनएको अधिवेशनमा शाह विभिन्न कारणले विवादमा आएका थिए । उनलाई पैसा बार्गेनिङ गरेको आरोप लाग्यो । पछि उनले विज्ञप्ती निकालेर यसको खण्डनै गर्नुपर्यो । 
 
पुर्व उपाध्यक्ष राम सी पोखेरल उम्मेदवार भएर जितेपनि वा हारेपनि सवैका लागि भारी पर्ने छन् । उपाध्यक्ष भईसकेकाले उनको पनि अमेरिकाभरि जनसम्पर्क राम्रो छ ।
 
गत निर्वाचनमा अध्यक्षमा उम्मेदवार हुँदा उनले करिब एक हजार मत पाएका थिए । यो मत उनले आफ्नो एक्लो प्रयासमा प्राप्त गरेका हुँदा उनी बलिया उम्मेदवार हुन् । पोखरेल पुन अध्यक्षमा उठ्छन वा उठ्दैनन् भन्ने प्रश्न भने छ । आफना निकटहरुसँग पोखेरेलले यसबारेमा सल्लाह लिईरहेका छन् । 
 
'मलाई साथिहरुको फेरी एनआरएन अमेरिकाको अध्यक्ष बन्न दवाव र सुझाव आईरहेको छ' पोखेरेलले केही समय अघि भनेका थिए । यसमा आफुले गम्भिरताका साथ लिएको उनले बताएका थिए । यसले गर्दा उनी पुन उम्मेदवार हुने संभावना देखिएको हो ।
 
आफ्नो केही निकटहरुसँग उनले आफु एनआरएन अमेरिकाको अध्यक्ष वन्न चाहेको भने बताएका छन् ।
 
यसबाहेक वर्तमान कार्यसमितिका उपाध्यक्ष जेदु पोखरेल, उमा कार्की थापा, कार्यसमिति सदस्य सञ्जय थापा, कृष्ण लामिछाने पनि चर्चामा छन् । उपाध्यक्ष भएकाले अध्यक्ष बन्ने आकांक्षा राख्नु स्वभाविक पनि हो ।
 
यस अघिको निर्वाचनमा पराजित रवीना थापा भने अहिले मौन छिन् । आईसीसीमा उपाध्यक्षमा  उठेर पराजित भएपछि थापाले वर्तमान नेतृत्वलाई चुनौती दिदैं अदालतमा गएकी छिन् । केही साता अघि क्यालिफोर्नियामा आयोजना भएको एनआरएन अमेरिकाको साधारण सभा रोक्ने उद्देश्य सहित थापा अदालत गएकी थिईन । तर, अदालतले साधारण सभा रोक्नकुनै आदेश गरेन । विधिवत रुपमा साधारण सभा सम्पन्न भएकाले थापाको योजना असफल भयो । उनको अबको भूमिका के हुन्छ त्यो स्पष्ट भएको छैन । यसवाहेक निर्वाचन निकट आउँदै गर्दा अरु उम्मेदवार थपिने संभावना त्यत्तिकै छ । 
 
एनआरएनए विदेशमा बस्ने नेपालीको हक हित उठाउनका लागि गठन भएको संस्था हो । विदेशमा बस्ने नेपालीको नागरिकताको निरन्तरता, लगानीमा सहजीकरण लगायतका विषयमा एनआरएनएले नेपालमा लबिङ्ग गरिरहेको छ  । 
 
एनआरएन अमेरिका करिव १५ हजार सदस्य रहेको संस्था हो । अमेरिकाका विभिन्न राज्यहरूमा यसका च्याप्टरहरू छन् ।